हङकङमा तीनवटा डब्लु (वमेन, वेदर र वर्क) अर्थात आइमाइ, मौसम र कामको कुनै भरोसा वा विश्वास हुँदैन भन्ने उक्ति यहाँ बसोवास वा रहने सबैको मुखमा कण्ठस्त हुन्थ्यो, छ । यो लाईनबाट उपन्यासले आफ्नो ओपनिङ गरेको छ ।

यो लाइनले सम्भवतः सबै हङकङबासी नेपालीमा पन्च कसो नगर्ला ? र मलाई पनि यही लाइनले शुरुमा नै पन्च गर्यो । म पनि जीवनको ५/६ बर्ष यही भुमिमा व्यतीत गरेको मान्छे न हुँ । आखिरी म पनि कतै न कतै यी तीन डव्ल्युबाट अभर परेको हुँला अर्थात पीडित । यो उक्तिले मेरो जीवनमा पनि थोरै मात्रमा टच हुन पुगेको हुनसक्छ ।

नेपालको सृजनशील व्यक्तिहरु प्रवाश गएपछि उनीहरु लगभग गुमनाम हुने गरेका छन् । भनौ ती सृजनालाई लिएर त्यो सृजनशील मान्छे महासागरको मारियाना ट्रेन्चको गहिराइमा हराइरहेका हुन्छन् । हामी नेपालीहरु प्रायः जसो समुन्द्री सतहमा अव्यवस्थित मुलुक तिर जान्छौ र पनि होला । तर केही त्यस्ता मुलुक छन्, जहाँ सृजनाको उर्वर भुमिको रुपमा चिनिन्छन् ।
हो, हङकङलाई पनि सृजनाको उर्वर भुमि भनिरहँदा पाप पटक्कै लाग्दैन । त्यहि भुमिलाइ कर्म भुमि बनाएर जीवनको उर्वर समय व्यतीत गर्ने लेखक तथा साहित्यकार शिव प्रधान नौलो नाम हैन । तर मेरा लागि उनी नौलो नाम लागेर आयो ।

हङकङ रहँदाको समयमा सृजनशील व्यक्तिहरुसँगको चिनजान राम्रै रहेको दावी गर्छु तर शिव प्रधानलाई त्यो हाँच भित्र देखे हुँला तर वास्ता गरिएनछ । तीनै शिव प्रधानले एक रुदिना पात्रको कथा मार्फत थुप्रै रुदिनाको ह्याप्पी ओपनिङ देखि ह्याप्पी क्लोजिङ सेरेमोनी मनाइदिएका छन् । बिचको कथाको पीडा भने तल्लो अनुछेदबाट छलफल गरौला नै । फस्ट इम्प्रेशन इज लास्ट इम्प्रेशन भन्ने अंग्रेजी उक्तिलाई मज्जाले ठाउँ दिन सफल छ यो उपन्यास । प्रायःजसो आख्यानले ह्याप्पी ओपनिङ गरे पनि क्लोजिङ भने स्याड मोमेण्टमा गरेको पाइन्छ । तर रुदिनामा भने लेखक शिव प्रधानले भने नयाँ प्रयोग ल्याएका छन् । जे होस पढिसके पछि सित्तल हुन्छ सबै पाठकलाई ।

लेखकले आफ्नै हङकङ बसाइको सानो अनुभूतितबाट कथाको बट्नेसो खोलेका छन् । उपन्यासको पात्र रुदिनालाई कथामा ल्याउन लेखलाई लगभग हजार बाह्र सय शब्दको यौटा भाग नै खर्चिनु परेको छ । तर सुरुवात भनौ या उपन्यासको आधार कथा भनौ निकै रोमाञ्चक छ । रुदिनाको दोश्रो जन्म पाएको छोरा सुजनसँग भेटबाट कथाको हाइवे समाएका लेखकको लेखन शिल्पले बडो मज्जा दिलाएको हुन्छ । पढि रहँदा लाग्छ, यदि सुजनसँग भेट नभएको भए हामीले रुदिनालाई यसरी कहाँ चिन्न सक्थ्यौ होला । समयले सुजन लेखक शिव प्रधानलाई भेट गरायो धन्य, त्यो समय लाग्छ । छोरा सुजनको सस्पेन कथाको उत्सुक्ताले लेखकलाई उसको आमालाई भेट्ने उत्कट चाहानाले गाँजेको लेखकलाई आमासँगको भेट त्यो कथाले अर्कै मोड दिएको छ ।

हङकङको चिम शा चुइस्थित चुङकिङ मेन्शनमा रुदिनाको कथाले हङकङ प्रवेश गरेको छ । अवसरको खोजीमा हामी नेपाली धेरै देश पुगेका छौँ । ‘‘यो बाध्यता हो हाम्रो” यो प्रचलित किन विदेश जाने भन्ने प्रश्नको रेडिमेड जवाफ हो । यही प्रश्नको जवाफि कहर थियो हङकङ धेरैको जीवनमा कहर र केहीको जीवनमा भने रहर थियो हङकङ । यही कहर र रहरको मिश्रितरुप थियो, रुदिनामा । रुदिनामा आधा कहर र आधा रहर पनि यसमा रुदिनाको हङकङ आउनुको कारण फिप्टी फिप्टी भन्न मिल्छ ।
ई.सं. १९९७ पहिले सम्म हङकङमा गोर्खाजको देश भनेर नेपालीलाई अनएराइभल भिसा दिन कुनै रोकटोक थिएन । पछि हो नेपालीको व्यहोरा भनौ वा गलत आचरणले हङकङले नेपालीलाइ भिसा दिनमा कडाइ गरेको । हुन पनि हाम्रो प्रधानमन्त्री केपी वलीको भनाइ सापट लिएर भन्दा ‘‘नेपाली ले चान्स पायो कि गर्छ” । हो त्यो बेला नेपालीले चान्स पाए गरे ।

एक महिने भिसामा हङकङ गएर एक परिचित दिदीको खाना अर्थात कोठे रेस्टुरेण्टमा खाना बनाउने र अन्य काम गर्न गएकी रुदिना । हङकङ नामको दलदले सिमसारमा भासिसकेकी हुँदो हो, हङकङ आइडी नामको छौँडा लागि सकेको थियो । उनी कसरी हुन्छ हङकङ छाड्ने मनसाय भने राखेकी थिइनन् । एक महिने भिसा न हो २४ घण्टा बिउँझी रहने हङकङमा कति पनि समय लाग्दैन । एक महिना सकिन लागे पछि चाइना जाने अनि मकाउ जाने अनि आउने प्रक्रिया गरे वापत पाउँदरमा एक एक महिना गरेर ३ महिना बस्ना पाइने हो । रुदिनाको पहिलो महिनाको भिसा पछिको दोश्रो महिनाको भिसाको लागि चाइनाको सेन्जेन जाँदा भने अनिल दाई अर्थात उपन्यासको अर्का पात्र अनिलको इण्ट्रि हुन्छ र त्यो चाइनाको बधुशहर सेन्जेनले रुदिनाको कथालाई अर्को टर्निङमा पुर्याउँछ । यो क्षण रुदिनाको लागि टर्निङ पोइण्ट हुँदो हो । यो त कथाको बिचमा छि सेन्जेन मोमेण्ट भए पनि कथाको अन्त्यस्टिले भने वाउ सेन्जेन मोमेण्ट दिलाउँछ ।

रुदिना र अनिलको सम्बन्ध ठिक एक महिना पछिको मकाउ यात्राले श्रीमान श्रीमतिमा परिणत हुने वातावरण सृजना गर्छ । अन्ततः विवाह हुन्छ । यो विवाहको कथाले मज्जाले नेपालीले चान्स पायो कि गर्छ भन्ने भनाइलाई सार्थकता दिएको छ, र बृटिशले नचिनेको चतुर गोर्खालाई चित्रित गरेको छ । विवाहमा गरेको ललितको त्यो चतु¥याइले रुदिनालाई फलिफाप भएको छ । निकै कामको मान्छे बनेका छन ललित । मनोज दाइ त झन रुदिनाको खास मान्छे अर्थात अविभावकको रुपमा होल स्टोरीमा उभिएका छन् । अनिल माथि अविश्वासको पहाड भए पनि भरोसाको सानो थुम्कीलाई आत्मासाथ गर्दै रुदिनाले अनिललाई श्रीमानको रुपमा स्वीकारिन् । यहाँ रुदिना अलिक बाध्यतामा परेकि हुन कि भन्ने लागे पनि रुदिनाले भने हङकङ आवास भिसा पाउने सपना भने पुरा हुँदै थियो ।

rudina

रुदिनाले हङकङ आवास भिसा पाइन भने जस्तै काम पनि गरिन, रुदिना मात्र रुदिना रहिनन् उनी मिस रुदिनासम्म भइन् । हङकङको मोडर्न समयले मज्जाले प्रभाव पु¥यायो रुदिनालाई । यो स्वभाविकै हो तर रुदिनाले भने गलत ट्रेन समाएकी थिइनन् । हङकङको व्यस्तताले जति चेपे पनि रुदिनाले घरप्रतिको जिम्मेवारी बहन गरिरहिन । तर अनिलले भने नजानिदो पाराले गलत ट्रेन समाएको रुदिनालाई पछि मात्र थाहा भयो । यहिँबाट रुदिनाको कथाले निकै दुःख पाएको छ । अनिललाई हरेक गरेर सुधार्नु खोजे पनि रुदिनाले सफल हुन सकिनन तर उनमा एक दिन अवश्य सुध्रिने छन् मेरो श्रीमान भन्ने झिनो आशा भने जिवित राखेर बसेकि थिइन् । यतिकैमा २ वर्षको फरकमा छोराछोरी हुन्छन् । उही छोरा हुन् सुजन, छोरी सुजिना अस्ट्रेलिया छिन् ।

बाउले दिएको दुःख भुलाउने जीवनको साहरा छोरा सम्झेकी रुदिनाले छोराबाट पनि निकै पिडा पाउँन थालिन् । हङकङमा १६ देखि २० वर्ष उमेर सम्म छोरा छोरी जोगाउन निकै कठिन हुन्छ । रुदिना पनि यहाँ छोरालाई गलत ट्रेन समाउनबाट जोगाउन असफल भइन् । छोरालाई हङकङ सरकारको सुधार केन्द्रबाट सुधार्न भने सफल भएकी रुदिनाले छोरीले पनि युङलङमा भर्खर सञ्चालनमा आएको ट्रन समाउनुको सट्टा अर्कै ट्रेन स्टेशन गएको सुइको पाए पछि छोरीलाई सम्झाइन । फलस्वरुप छोरीले बाटो बिराइनन् । भनिन्छ छोराले भन्दा छोरीले आमा बावुको मन बुझ्छन यहि भनाइलाई चरितार्थ गरिएको छ सुजिनामा ।
कथामा रुदिनाले निकै उत्तराचढाव बेहोर्नु परे पनि हरेस भने कहिले खाइनन् । सदा लडि रहिन् । अन्तमा युद्ध जितेकी छिन् । छोरा सुधार केन्द्रबाट सुध्रिएर व्यवाहारिक भएर आयो । छोरीले पढाइमा राम्रै गरिन् । हाल अस्ट्रेलियामा छिन् । छोरोको विहे भनेजस्तै बुहारीसँग गरिदिइन् ।

दशकौँको संघर्ष पछि आनन्दको सास फेरेकी छिन रुदिनाले । कुलतमा फसेको श्रीमान र छोरालाई मज्जाले वेहोरेकी छिन रुदिनाले । छोरालाई कुलतबाट मुक्त गराइ घर फर्काएकी छिन् । श्रीमानलाइ जीवनको अन्तिम घडिसम्म कुलतबाट छुटाउने प्रयत्न गरिरहेकी थिइन् । कुलतको दलदलबाट निस्किन नसकेको श्रीमानको मरणलाइ पार्कमा स्वीकार्दै नेपाल ल्याएर अन्त्येष्टि गर्छिन् । यस उपन्यासमा लेखकले रुदिनालाइ एक निडर बहादुर नारीको चरितार्थ गरेका छन् । यो नेपाली नारीमा हुने गुण नै त्यसैले भनिन्छ, नेपाली आमा पहाड मन भएका हुन्छ । जस्तो परिस्थिति पनि व्यहोर्नु सक्ने । यति, बाँकी सबै पाठकलाई पनि भाग राखिदिए ।

अन्तमाः

उपन्यासको ओपनिङले नै मेरो मन तानेको हो, मैले पढ्ने निधो गरेता पनि एकै बसाइमा यो उपन्यासलाई पढीसिध्याउछुँ भन्ने लागेको थिएन । पढ्ने कुरामा अलिक चुजि र अल्छि पनि छु । मेरो जिवनको सानो आधा दशकको जीवन त्यहिँ हङकङको चुङकिङ मेन्सन देखि मङककको आर्गील ट्रिटको त्यो विल्डिङ ठ्याक्कै नाम भने भुले त्यहिँ म्म व्यतीत भएका छन् । त्यसै र पनि मेरो रोजाइको नजिकमा परेको हुन सक्छ रुदिना । रुदिना पढि रहँदा हङकङमा म पुगेकै ठाउँहरु चित्रित भएर होला म उतै पुगेको महसुस गरे । उपन्यासको अनिल पात्र फिलिपिनीसँग बस्न पुगेको कुराले मलाई भने आइतबारको सेन्ट्रलको आइएफसि टावर अगाडीको आकाशे पुलतिर धकेल्यो । उपन्यसले देह व्यापारको कुरालाइ पनि ठाउँ दिएको छ । ठ्याक्कै कामबाट जोर्डन याउमातेइ हुँदै मङककसम्मको मेरो रुट नै थियो । त्यो यात्रामा जोर्डनको टेम्पल स्ट्रिटदेखि मङककसम्मको नेइ हाउ ताइलो तु हन्लेत डलल आवाजलाई सम्झिन पुँगे । माथि ताइमोसान डाँडा पुग्दा साकेला सिली पो टिपिएन कि । यस्तै यस्तै...।

उपन्यासमा हरेक ठाउँ परिवेशको परिचय बडो शाब्दिक बान्कीमा वर्णन गरेका छन् र नै पढिरहँदा म ती ठाउँहरु पुगेको हुनाले अझ रोमाञ्चित हुन्थे । परशु प्रधानको भनाइलाई सापट लिएर भने मैले पनि रुदिना उपन्यास अर्को हङकङ डायरी पनि हो । यो उपन्यास नेपाली समाजले भोग्नु परेको यथार्थ भोगाइको दस्तावेज पनि हो ।

उपन्यास निकै पठनीय छ । लेखक पुरुष हुन तर उनले महिला वेदनालाई बडो गज्जब शैलीमा उपन्यासमा उतारेका छन । हामी पाठकले त लेख्न सक्ने हैन तर लेखकले दुःख गरेर सृजना गरेको सृजनामा खोट भने लगाइ हाल्छौ बडो ताजुब लाग्दो पाठक छौँ हामी । रुदिनाले जुन छतबाट जीवन जगतको हरेक रुप देखेकी थिइन् । छोरा सुजनले पनि उहि छतबाट नयाँ कुरा देखेर आश्चर्यचकित बनेका छन् । यो लाइनले बडो मज्जाले छुन्छ पाठकलाई । उपन्यासको साना साना त्रुटि पक्कै छन् तर कथाले बाँधेर होला ती त्रुटि सामन्य र त्रुटि गौण बन्न पुगेको छ । यो लेखकको कला हो यसैले मैले शिव प्रधानलाइ लेखन क्षेत्रका कलाकारको रुपमा देखे ।

 उपन्यास लेखनमा सफल छन् शिव प्रधान यसमा कुनै खोट छैन तर रुदिनामा प्रमुख पात्रलाई न्याय गरे पनि केही पात्रलाई भने अन्याय पो गरेको भान पुग्यो । कथा सलल बगाएका छन् तर कथाले कहिँ कतै कुइनेटो पाएको छैन झैँ लाग्छ । छोटोमा भन्नु पर्दा उपन्यासमा भाइ राजन भारत गएका छन् । पछि थाहा भयो नेपाल आएर विहे गरेर भारत पलायन भएको तर उनले समय अनुसारको सामाजिक सञ्जान फेसबुकबाट समेत खोजी गरिनन । लेखकले यहाँ समय अनुकुल सामाजिक सञ्जालसँग यी पात्रलाई जोडेको भए अझ कथाले अज्र्ञानिक शब्दसँग अलिक साक्षात्कार गर्ने थियो होला ।

अनिल सँगको विवाह ताकाको साथी ललित निकै कामको मान्छेलाई यसै गुमाइदिएका छन्, लेखकले यसले अलिक कथाले कुइनेटो नपाएको भान हुन्छ । यता जीवनको हरेक दुःख सुखमा साथ दिने मनोज दाई र भाउजुलाई भने अन्तमा कुनै विनाकारण हराइदिएको ले कथा अपुर्ण हो की लाग्छ । मनोज दाइ र भाउजुलाई वेवास्ता गर्दा कस्तो नरमाइलो लागे पनि कथाले भने सुखान्त अन्त्य गरेको छ ।