धरान: वीर गोर्खालीहरुको सम्मान तथा सम्झनामा आयोजित चौथो गोर्खा ट्रेलब्लेजरमा पुरुषतर्फ उमेश थापा र महिलातर्फ प्रिया तामाङ प्रथम भएका छन् । 

पुर्खा दिवसको अवसरमा शनिबार धरानमा सम्पन्न दौड प्रतियोगितामा पुरुषतर्फका विजेता थापाले ८ किलोमिटरको निर्धारित दुरी २५.५१ मिनेटमा पुरा गरे । यस्तै, २५.५३ मिनेटमा दुरी पार गरेका विकास भुजेल दोस्रो र २५.५४ मिनेटमा दुरी पार गरेका अमिर लिम्बू तेस्रो भए । 

यसैगरि, महिलातर्फ निर्धारित दुरी ३०.४६ मिनेटमा पुरा गर्दै प्रिया तामाङ प्रथम हुँदा ३०.५४ मिनेटमा दुरी पुरा गर्ने पुष्पा शेर्मा दोस्रो र ३०.५५ मिनेटमा पुरा गरेकी दिपा बस्नेत तेस्रो भइन् । 

यस्तै, भेट्रान पुरुषतर्फ रेशम लिम्बु प्रथम, विजयकुमार राई दोस्रो र विमान सिंह तामाङ तेस्रो हुदा भेट्रान महिलातर्फ जमुना लिम्बू, कुसुम लिम्बू र असुनी राई तेस्रो भइन् । 

trail blazer

करिब ८ किलोमिटर दौड धरान १८ स्थित रत्नचोकबाट मंगलबारे, सर्दु खोला हुदै धरान वडा नं २० स्थित भञ्ज्याङमा सम्पन्न भएको थियो । प्रतियोगितामा ७ सय बढी सहभागी भएको आयोजक गोर्खा सिमेट्रीज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राईले जानकारी दिए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई क्रमशः नगद २० हजार, १० हजार र ५ हजार नगद, मेडल र प्रमाणपत्र दिइएको थियो भने भेट्रानतर्फका विजेताहरुले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार नगद, मेडल र प्रमाणपत्र हात परेका छन् । 

भिडियोः