धरान: धरान खानेपानी व्यवस्थान बोर्डले फागुन महिनाको आय व्यय र विभिन्न स्रोतको पानीको अवस्था सार्वजनिक गरेको छ ।
बोर्डको नेतृत्वमा आएपछि धरान नगरका कार्यबाहक प्रमुख अइन्द्रबिक्रम बेघाले प्रत्येक महिना सार्वजनिक गर्ने प्रतिवद्धता अनुरुप फागुन महिनाको आय व्यय र पानीको अवस्था सार्वजनिक गरेका हुन् ।
एक करोड ७१ लाख नगद मौज्दात
अध्यक्ष बेघाका अनुसार फागुनमा विभिन्न काउन्टर, इसेवा, खल्ती र आइएमईमार्फत शुल्कवापतकको १ करोड ४१ लाख ४० हजार ३३१ रुपैया आम्दानी भएको छ । अघिल्लो महिनाको मौज्दात रकम १ करोड ८२ लाख ११ हजार ६८२ रुपैया रहेको पनि बेघाले जानकारी दिए ।
यस्तै, फागुनमा कर्मचारी तलब, ज्यालादार कामदारको तलब, विद्युत महसुल पम्प तथा कार्यालय, पाइपलाइन मर्मत, इन्धन, सवारी साधन मर्मतलगायत विभिन्न शिर्षकमा गरेर कुल १ करोड ५२ लाख ३७ हजार ७०५ रुपैया खर्च भएको पनि बोर्ड अध्यक्ष बेघाले जानकारी दिए । उनका अनुसार फागुनमा खर्च भएको रकम कटाएर १ करोड ७१ लाख १४ हजार ३०९ रुपैया रकम मौज्दात रहेको छ ।
दैनिक २ करोड ४३ लाख लिटर पानी उत्पादन

खानेपानी बोर्डका अनुसार हाल दैनिकरुपमा २ करोड ४३ लाख ५० हजार पानी उत्पादन भइरहेको छ । तर माग भने दैनिकरुपमा ४ करोड लिटर बढी रहेको छ । मागको अनुपातमा पानी उत्पादन कम भएपनि वितरण प्रणालीलाई व्यवस्थित गरेर पानीको हाहाकार हुन नदिइएको बोर्ड अध्यक्ष बेघाले बताए ।
बेघाका अनुसार भुमीगत स्रोतहरुमध्ये उदय वन क्षेत्रको डिप बोरिङबाट १७ लाख, धरान १५ र ८ को चारकोसे जंगलको डिपबोरिङबाट १ करोड ४० लाख र प्रदेश सरकारबाट निर्मित २ वटा वेलबाट २५ लाख लिटर पानी दैनिकरुपमा उत्पादन भइरहेको छ । यस्तै, सर्दु र खर्दु खोला (पुुरानो सिस्टम)बाट ४५ लाख लिटर पानी दैनिकरुपमा उतपादन भइरहेको पनि बोर्डले जनाएको छ ।
निवर्तमान मेयर हर्कराज राई (साम्पाङ) को कार्यकालमा थप गरिएका स्रोतहरु निसाने खोलाबाट १ लाख, कोकाहबाट १० लाख, रिचार्ज पोखरीबाट २ लाख, भालु खोला (धन्यवाद ट्यांकी)बाट १ लाख, पकुवा खोलाबाट १ लाख लिटर पानी आपूर्ति भइरहेको पनि बेघाले जानकारी दिए । यस्तै, कोकाह उपभोक्तासँगको सम्झौताबाट १ लाख ५० हजार लिटर पानी आइरहेको उनले बताए ।
भिडियो:







