धरान: यही चैत्र ७ गतेदेखि १२ गतेसम्म हुन लागेको प्रथम प्रदेश १ स्तरीय वराह ग्रुप महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता सरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९ )को संक्रमणबाट जोगिन नेपाल सरकारले पनि भिडभाड हुने खेलकुद, मनोरञ्जनसहितको कार्यक्रमहरु बन्द गराउने निर्णय गरेपछि बास्केटवल प्रतियोगिता पनि स्थगित भएको हो । प्रतियोगिताको सम्पुर्ण तयारी भइसकेको भएपनि सरकारले गरेको निर्णयलाई स्वागत गर्दै प्रतियोगिता पछि आयोजना हुने गरि सार्ने निर्णय भएको आयोजक धरान वास्केटवल संघका अध्यक्ष एवं नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले जानकारी दिए ।

नेपाल सरकारले भर्खरै मात्र एसईई र विश्वविद्यालयहरुको सबै प्रकारको परीक्षा अनिश्चितकालको लागि स्थगन गरिसकेको भने सिनेमा हल, जिमहल, रेष्टुरेष्ट तथा २५ जना भन्दा वढि जम्मा हुन पनि रोक लगाएको छ । सरकारको यो निर्णयलाई मध्यनजर गर्दै प्रतियोगिता तत्काललाई स्थगन गरिएको आयोजक संघले जनाए । कक्षा ११ देखि व्याचलर लेभलसम्मका विद्यार्थीहरुले सहभागिता हुन पाइने प्रतियोगितामा प्रदेश १ भरि वाट १४ वटा पुरुष र ५ वटा महिला टिमले सहभागिता जनाउने भइसकेको थियो ।

प्रतियोगितामा पुरुष तर्फ विजेतालाई नगद २० हजार रुपैयाँ, उपविजेतालाई १० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार व्यवस्था गरिएको थियो । यसै गरि महिला तर्फ विजेतालाईनगद १० हजार रुपैयाँ, उपविजेतालाई नगद ५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पुस्रकार रहेको थियो । प्रतियोगिता आयोजना गर्न सहज वातावरण वने पछि पुनः प्रतियोगिता संचालन गरिने आयोजकले जनाएको छ ।