धरान: कोरोना भाइरस(कोभिड १९) फैलन नदिन धरान उपमहानगरपालिकाले पनि अत्यावश्यकबाहेकको सम्पुर्ण सेवाहरु बन्द गरेको छ ।

चैत ९ गतेदेखि २१ गतेसम्मलाई अत्यावश्यकबाहेकका सेवाहरु बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा घोषणा गरेकोले धरान उपमहानरले पनि आफ्ना सेवाहरु बन्द गर्ने निर्णय गरेको हो । उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले एक सुचना जारी गर्दै २१ गतेसम्मलाई उपमहानगर र मातहतको वडा कार्यालयबाट प्रवाह हुने सेवाहरु स्थगन गरिएको जानकारी दिएका हुन् । उपमहागनरका अनुसार अत्यावश्यक सेवाहरु सरसफाई, स्वास्थ्य सेवा र वारुण यन्त्रबाहेक सम्पुर्ण सेवाहरु बन्द हुनेछन् । यो निर्णयले उपमहानगरले सेवाग्राहीहरुमा पर्न जाने असुविधाप्रति क्षमा पनि मागेको छ ।

 

dharan 1