धरान: धरान १५ की ७६ बर्षीय वृद्धा प्रेमकुमारी सुवेदीले आफ्नो वृद्धा भत्ता वापतको एक महिनाको भत्ता सरकारी कोषमा जम्मा गर्ने घोषणा गरेकी छिन् ।

उनले राष्ट्रलाई कोरोनाको राष्ट्रिय विपत्ति आइपरेको जनाउदै एक महिनाको भत्ता कोषमा जम्मा गर्ने घोषणा गरेकी हुन् । उनले आफ्नो फेसबुकमा पोष्ट गरेकी छिन्,‘मैले यो राष्ट्रिय विपत्तिमा सरकारले दिएको वृद्ध भत्ताको १ महिनाको भत्ता सरकारी कोषमा दिने निर्णय गरे ।’ वृद्धा सुवेदी नेकपाका नेता मुरारी सुवेदीकी आमा हुन् भने धरान उपमहागनरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीकी सासुआमा हुन् ।

नेकपा नेता सुवेदीले आमाको घोषणा संकटको घडीमा समग्र ज्येष्ठ नागरिकहरुकोतर्फबाट राष्ट्रको लागि साथ भएको सन्देश हो । ‘उहाँको भत्ता बैंकलाई भनेर प्रदेश सरकारले खडा गरेको कोषमा पठाउने व्यवस्था गछौं,’सुवेदीले भने ।