धरान: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) नेपाल धरान नगर समन्वय समितिले फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ ।
संघले आज धरान उपमहानगरपालिकाले विपन्न परिवारलाई राहत दिलाउन उपमहानगरले स्थापना गरेको फुड बैंकमा चामल सहयोग गरेको हो । संघका अनुसार २५ सय किलो चालम उपमहानगरपालिकालाई सहयोग गरिएको हो । धरान ८ सभागृहस्थित फुड बैंकको भण्डारणमा संघका पदाधिकारीहरु पुगेर चामल प्रदान गरेका थिए ।
संघका अनुसार विभिन्न विद्यालय र व्यक्तिहरु मिलेर उक्त खाद्यान्न सहयोग गरिएको हो । शिक्षालयहरुमा धरान आदर्श मावि, धरान उच्च मावि, युरेका मावि, एम्स मावि, समिट मावि, सगरमाथा मावि, प्रभात मावि, डिपो मावि र विष्णु मेमोरियल माविले सहयोग गरेको छ भने व्यक्तितर्फ सागर भटराई, नेत्र सुवेदी, रमेश दाहाल, अनिल श्रेष्ठ, हेमन्त भण्डारी र सन्तोष कोइरालाले सहयोग गरेका छन् ।