धरान: लकडाउन उल्लंघन गरी धरानमा बिहानै मनिङ वाक गर्नेहरुलाई आज प्रहरीले पक्राउ गरेको छ ।

कोरोना भाइरस(कोभिड १९)को संक्रमण जोखिम हुन नदिन सरकारले घरबाहिर हिडडुल गर्न रोक लगाए पनि मर्निङ वाकको वहानामा बिहानै सडक, बजार क्षेत्रमा निस्कने क्रम नरोकिए पछि धरानमा प्रहरीले कडा कदम चालेको हो । आज बिहानै ४ बजेदेखि प्रहरीले मर्निङ वाक गर्नेहरुलाई धमाधम नियन्त्रणमा लिन थालेको थियो । धरानको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका सबैलाई धरान १२ स्थित पब्लिक हाईस्कुलको मैदानमा राखिएको थियो ।

प्रहरीले बिहान ७ बजेसम्म १ सय २३ जनालाई नियन्त्रणमा लिएर राखेको थियो । संख्या पछि पनि थप भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई कोभिड १९ बारे जानकारीमुलक कक्षा लिएपछि छोडिएको थियो । प्रहरी निरीक्षक हेमराज ओलीले मर्निङ वाक, इभिनिङ वाक भन्दै लकडाउन उल्लंघन गर्नेहरु बढेपछि यो कदम चाल्न प्रहरी बाध्य भएको बताए । नियन्त्रणमा लिएपछि केही समय पब्लिक हाइस्कुलको मैदानमा राखेर जनचेतनामुलक कक्षा पछि छोडिइने उनले बताए ।

lock-down8

प्रहरीले हिजो शुक्रबार साँझ पनि धरानबाट ९७ जना नियन्त्रणमा लिएर पब्लिक हाईस्कुलकै मैदानमा केही समय राखेको थियो । प्रहरीले मोटरसाइकल, स्कुटर नियन्त्रणमा लिएपछि लकडाउन अवधिभर फिर्ता नगर्ने जनाएको छ । कही, कतै अत्यावश्यक काम परेमा प्रहरीलाई जानकारी गराएर मात्र सवारीसाधनमा निस्कन प्रहरीको अनुरोध छ । साथै, पास भए पनि मास्क विना पनि हिडडुल नगर्न प्रहरीको अपिल छ ।

lock-down1 lock-down9 lock-down3 lock-down7 lockdown4 lockdown6 lockdown10