धरान: भोली नेपाली नयाँ बर्ष २०७७ सालको पहिला दिन अर्थात बैशाख १ गते । आज २०७६ सालको अन्तिम दिन अर्थात चैत ३० गते । बोलीचालीको भाषामा भन्नुपर्दा न्यु इयर इभ ।

समय सामान्य हुन्थ्यो भने आजको साँझ धरानको बगरकोट कति रमझम हुन्थ्यो, यहाँ शब्दमा व्यक्त गर्न सकिन्न । धरानको चर्चित पर्यटकीयस्थल हो,धरान १५ स्थित बगरकोट । हरेक साँझ उत्साह, उमंगले रमाउने बगरकोट न्यु इभर इभमा त झन् कति रमाउथ्यो अहिले कल्पना मात्र गर्न सकिन्छ । युवायुवती तथा तन्नेरीहरु मस्त हुन्थे । तर, अहिले बगरकोटको माहोल विल्कुल फरक छ । यहाँ मुर्दा शान्ति छाएको छ । सुनसान छ ।

bagarkot2

कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको तीन साता पुग्न लाग्यो । मानिसहरु घरभित्रै सिमित छन् । होटल, पसल, रेष्टुरेष्ट सबै ठप्प छ । लकडाउनले यसपाली नेपाली नयाँ बर्ष पनि प्रभावित हुनपुगेको छ । व्यापार, व्यवसाय, पर्यटन सबै चौपट भएको छ । आज दिउँसो बगरकोटमा पुग्दा सबै होटल, रेष्टुरेष्ट तथा लाउञ्ज एण्ड बारहरु बन्द थिए भने मानिसहरु एक, दुई जना मात्र सडकमा देखिए । यसपाली कोरोनाको सन्त्रासले गर्दा न्यु इयर इभ र न्यु इयर अर्थात नेपाली नयाँ बर्ष २०७७ मा सबै नेपालीहरु घरभित्रै आफ्नो परिवारसँग सिमित भएर मनाउनुपर्ने बाध्यता बन्यो । हामी सबै जो जहाँ छौं, त्यही रमाऔं । आफु पनि बचौं, र अरुलाई पनि बचाऔं । सबैलाई हार्दिक मंगलमय शुभकामना !

IMG_0049.psd IMG_0028.psd IMG_0010.psd (1) IMG_0053.psd IMG_0040.psd IMG_0001.psd IMG_0004.psd IMG_0002.psd (2) IMG_0011.psd IMG_0006.psd