धरानः आज नयाँ वर्षको पहिलो दिन । अरु बेला खचाखच हुने पूर्वको प्रमुख पर्यटकीय गन्तव्य मध्येका भेडेटार र इलाम आज भने सुनसान छन् ।

अरु बेला पर्यटकको स्वागतमा भ्याइ नभ्याइ हुने यस ठाउँका व्यवसायी निराश छन् । सरकारले तय गरेको भ्रमण वर्ष २०२० लाई भव्य रुपमा सफल बनाउन थप लगानी भित्र्याएका व्यवसायी निराश बनेका हुन । धरानबाट केही मिनेटको सवारी दुरीमा पुगिने भेडेटार धेरैको रोजाइको स्थान हो । गमी मौसममा छिमेकी मुलुक भारतका सर्वसाधारणको समेत घुइँचो लाग्ने यहाँ यो पटक भने सुनसान रहेको छ ।

पर्यटन व्यवसायी लिलाराज लावतीका अनुसार अरु बेला ठुलो भिडभाड हुने ठाउँमा पहिलो पटक यस्तो सुनसान भएको हो भने व्यापार ठप्प भएको हो । ‘यहाँका व्यवसायीले यस्तो कहिले भोगेका थिएनन्,’लामो समय व्यवसाय गरिरहेका लावतीले भने,‘लकडाउन लम्बिरहे यहाँका धेरै व्यवसायी सडकमा आउने अवस्थाको देखियो ।’

bhedetar-orange

भेडेटार होटल एसोसिएसनका अध्यक्ष जीतेन्द्र रुम्मदालीले बैँकको ऋण गरेर पर्यटन क्षेत्रमा हाल हालेका नयाँ व्यवसायी थप समस्यामा परिरहेको बताए । सरकारी योजनालाई सफल बनाउन व्यवसायमा थप लगानी गरेका पुराना व्यवसायीलाई समेत ऋणको बोझले समस्या निम्तिने रुम्दालीको भनाइ छ । भेडेटारमा मात्रै साना ठुला गरि एक सय भन्दा बढि होटल, रिसोर्टहरु रहेका छन् । दैनकी करिव ५० लाख कारोवार हुने यो स्थान ठप्पै छ ।

उता इलामको कन्याम, अन्तु लगाएतका स्थानसमेत सुनसान छ । अरु बेला पर्यटकको भरिभराउ चाप हुने ठाउँ शुन्य हुँदा हजारौँ व्यवसायी मर्कामा परेको व्यवसायी रुद्र घिमिरेले जानकारी दिए । उनका अनुसार अघिल्लो साल यो बेला पर्यटकले भरिभराउ यहाँका होटल र कटेज यो पटक बन्द छन् । टाढाटाढा देखि आउने पर्यटकले अनलाइन बुकिङसमेत गर्न थालिसकेको अवस्थामा कतै व्यवसाय नै धरापमा त पर्ने होइन ? उनीहरुलाई चिन्ता लागिरहेको छ ।

kanyam-ilam

 

अर्का व्यवसायी धरणीधर घिमिरेले इलामा सन्दकपुर, कन्याम लगाएतका पर्यटकीय स्थान सुनसान छन् । कोरोना संक्रमणको कारण मुलुक लकडाउनमा परेसँगै पर्यटन क्षेत्र धरासायी बनिरहेको छ । त्यसको प्रत्यक्ष असरमा पूर्वका पर्यटन व्यवसायी पनि छन् । थप लगानी गरेका र यस क्षेत्रमा आएका नयाँ व्यवसायी टाट पल्टिने अवस्थामा पुुगेको उनीहरुको गुनासो छ ।

bhedetar ilam1