धरान: पछिल्लो समय विदेशबाट आएका व्यक्तिहरुको तथ्यांक संकलन गरिएको धरानमा र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) विधिबाट वडाहरुमा परीक्षण भइरहेको छ ।

कोरोना भाइरस(कोभिड १९) संक्रमण भए नभएको पत्ता लगाउन सरकारको निर्देशन वमोजिम धरान उपमहानगरपालिकामा र्यापिड टेष्ट भइरहेको हो । हिजो धरान १७ मा एक अमेरिकी नागरिकसहित २१ जनाको परीक्षण गरिएको थियो भने आज दिउँसो धरान १६ मा केन्द्र बनाएर दुईटा वडाका व्यक्तिहरुको आरडिटी गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानको वडा नं १६ र ११ को संयुक्तरुपमा परीक्षण गरिएको थियो । वडा ११ का एक जनाको मात्र परीक्षण भएको थियो भने वडा १६ का १६ जनाकै परीक्षण गरिएको थियो । तीमध्ये २ महिला र पुरुष १५ जना थिए । सबैको रिपोर्ट नेगेटिभ आएको पनि मेहताले जानकारी दिए ।

rapid

विश्वव्यापीरुपमा कोरोना भाइरस संक्रमण र मानिसको मृत्युदर वृद्धि हुदै गएपछि नेपालमा पनि सरकारले परीक्षणको दायरा फराकिलो बनाएको हो । पछिल्लो समय भारत र तेस्रो मुलुकबाट आएका मानिसहरुको तथ्यांक संकलन गरेर सरकारले सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने तथा कोरोना परीक्षण गर्ने व्यवस्था गरेको छ । धरानमा उपमहानगरपालिकासँग १२५ जनाको तथ्यांक छ भने जिल्ला प्रशासन कार्यालयमार्फत १४६ जनाको तथ्यांक प्राप्त भएको छ । उनीहरुको परीक्षणको लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले धरानलाई पहिलो चरणको लागि एक सय वटा र्यापिड टेष्ट किट उपलब्ध गराएको छ । ‘हामी १४६ जनाकै टेष्ट गछौं,’मेहताले भने ।

rapid-test 1 rapid-test3 rapid-test5 rapid-test4