धरानः बजारमा खाद्य वस्तुहरुको दरभाउ मुल्य निर्धारण गर्न र आपूर्तिको समन्वय गर्न सुनसरी उद्योग वाणिज्य संघले बजार अनुगमन तथा आपूर्ति समन्वय समिति गठन गरेको छ ।

संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा अनिल अग्रवाल, राजेश अग्रवाल, गोपाल श्रेष्ठ, पियुष आचार्य, सिताराम आचार्य, मान बहादुर विश्वकर्मा, विष्णु बराल र शुभेच्छा अधिकारी रहेका छन् ।

धरानमा खाद्यान्न तथा तरकारीको आपूर्तिको व्यवस्थापन गर्नका साथै खाद्यान्नको दर रेटमा एकरुपता ल्याउनकालागि समितिले अनुगमन गर्ने समिति सदस्य विष्णु बरालले जानकारी दिए । उनका अनुसार धरान उपमहानगरपालिका भित्र रहेका खाद्यान्नका पसलहरु आलोपालो गरी सिमित समयसम्म खोलिने र व्यवसायीहरुलाई परेको पीरमर्कामा समेत आवश्यक पहल गरिने भएको छ ।