इटहरी: इटहरी उपमहानगरको पहलमा लकडाउनको समयमै ट्यांग्रा पुल मर्मत शुरु भएको छ ।
पूर्वपश्चिम सडक खण्डस्थित इटहरी बजार हुदै बग्ने ट्याग्रा पुल मर्मत थालिएको हो । हार्डवेयरवाट सामान उपलब्ध गराउन पहल गर्ने र सुरक्षाको जिम्मेवारी लिने भनेपछि सडक डिभिजन कार्यालयले काम सुरु गरेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।
हार्डवेयरसँग समन्वय गरेर समान उपलब्ध गराइएको उनले बताइन् । लामो समयदेखि पुल मर्मत नहुदा समस्या हुदै आएको थियो । केही समय अघिनै टेण्डर लागि सकेको भएपनि कोरोना त्रासका कारण मर्मतको काम सुरु हुन सकेको थिएन । ट्यांग्रा पुल दैनिक सयौ सवारी साधन वारपार हुने पुल हो ।