विराटनगरः प्रदेश एक सरकारले ठुला योजनाको निर्माणलाई शुरु गर्ने तयारी गरेको छ । कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि प्रदेशमा लकडाउन भएर अबरुद्ध भएका ठुला योजनाहरूको काम सुचारु गर्ने तयारी गरेको हो ।

वर्खा अघि नै सम्पन्न गर्नुृपर्ने अबस्थाका र अति आवश्य सेवासंग जोडिएका पुल पुलेसा र सडकको कामलाई गति दिन प्रदेशमा सञ्चालित केही बिशिष्टकृत आयोजनाको काम प्रदेश सरकारले अघि बढाएको हो । ‘लामो समयसम्म अवरुद्ध हुँदा विकास निर्माणमा बाधा पुुग्नुका साथै योजनमा आश्रित मजदुरहरूलाई पनि समस्या भएको छ,’आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुुर आङवोले भने ‘गौरवका आयोजनासहित अन्य महत्वपुर्ण बिकासे आयोजनाको कामलाई अगाडी बढाइने छ ।’

प्रदेश सरकारले ५ बैशाखमा अबरुद्ध केही बिकासे आयोजना अगाडी बढाउने निर्णय गरेको थियो । सोही अनुसार अहिले बर्खा अघिनै सक्नु पर्ने र अति आवश्य मानिएका बहुबर्षिय सडक निर्माणको काम भईरहेको छ । यही आर्थिक बर्षमा ठेक्का लागेर अबरुद्ध रहेका बिकासे आयोजनाको काम जारी रहेको अहिलेको अबस्थामा श्रमिकबीच सामाजिक दुरी कायम गरी ती त्यस्ता आयोजनाको कामलाई प्रदेश सरकारले गति दिइरहेको छ । लकडाउनका समयमापनि प्रदेशमा सञ्चालित केही ठुला बिकासे आयोजनाको काम अगाडी बढ्नाले बेरोजगारको संख्या कम हुनका साथै बजारमा पूर्जीको तरलताको अभाव पनि केहि हदसम्म हटेर जाने प्रदेश सरकारको निष्कर्ष छ ।

प्रदेश सरकारले यो अवधिमा एक दर्जन बढी महत्वपूर्ण विकासे आयोजनाको काम सुचारु गर्ने लक्ष्य लिएको छ । सोही अनुसारको ठुला योजनाहरूमा काम गर्दा आवश्यक पर्ने सामान ढुवानी गर्न सकिने र मजदुरहरूलाई सामाजिक दुरी कायम गर्न सिकाइने छ । अहिले मोरङको दर्बेशा धनपालथानमा सडक,केशलिया खोलाको पुल र डाँस खोलामा पुल निर्माणको काम शुरु भएको छ।यसलगतै प्रदेशको गौरबको सडक घिनाघाट–विराटचौक सडक,त्यसैगरी किसानचौक–टाँडीसहित एक दर्जन बढी अति आवश्यक सेवासंग जोडिएका बिकासे योजनाको काम शुरु गर्ने तयारी भएको प्रदेश एकको पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख शुशिल श्रेष्ठले जानकारी दिए ।

प्रदेश सरकारले चालु आर्थिक बर्षबाट प्रदेशमा २ करोडदेखि डेढ अर्बसम्मका ३ सय बढी अयोजनाहरु सञ्चालन गरेको थियो । जसमा ७५ भन्दा बढी पुल, ६२ बटा सडक लगायत खानेपानी, सिंचाई, शहरी विकासका आयोजना रहेका छन । ती सबै बहुबर्षीय ठुला आयोजना यही आर्थिक बर्षमा ठेक्का लागेर निर्माणको काम शुरु भएको थियो ।