धरान: बाँझगारा बहुउद्देश्यीय कृषक समुह धरान १५ ले लकडाउनले समस्यामा परेका विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न विरतण गरेको छ ।

धरानको १५ नम्बर वडा कार्यालयसँग समन्वय गरेर कृषक समुहले शुक्रबार गर्भलाल मार्ग र महादेव चोकका विपन्न परिवारलाई राहत वितरण गरेको हो । वडा कार्यालयसँग समन्वय गरेर ६० घर विपन्न परिवारलाई राहत दिइएको कृषक समुहकी अध्यक्ष ज्योति मेन्याङ्बोले जानकारी दिइन् । ‘हाम्रो समुहमा सदस्यहरुसँग सहयोग उठाएर राहत दिएका हौं,यसले केही मात्रा भएपनि विपन्न परिवारलाई राहत मिल्छ भन्ने अपेक्षा लिएका छौं,’अध्यक्ष मेन्याङ्बोले भनिन् ।

वडाअध्यक्ष इवारमले संक्षिप्त सम्बोधन गर्दै सबैभन्दा धेरै जनसंख्या भएको र विपन्न परिवार पनि धेरै भएको वडा भएकोले सामाजिक संघसंस्थाहरुबाट राहतमा सहकार्य गरेकोप्रति आभार व्यक्त गरेका थिए । उनका अनुसार वडा १५ मा ५ हजार घरधुरी संख्या र वहालमा बस्ने ४ हजारसहित ९ हजार परिवार छन् । ‘हाम्रो वडामा गरीबीको दर पनि उच्च छ, हामीले ३ हजार १ सय विपन्न परिवारको नाम नगरपालिकामा पठाएको थियौं,’वडाअध्यक्ष इवारमले भने,‘२७ सय ४० परिवारलाई विरतण भइसकेको छ,र बाँकी रहेका घरलाई तयारी गरेर दोस्रो चरणको राहत पनि आजबाट वितरण हुन लागेको छ ।’

bajhagarako6

दुमी राई समाजको हलमा आयोजित राहत वितरणमा कृषक समुहकी अध्यक्ष मेन्याङ्बोले वडा नं १५ का अध्यक्ष अध्यक्ष नरेश इवारमलाई सांकेतिकरुपमा राहत विरतण गरेकी थिइन् । प्रतिपरिवार चामल १० केजी, तेल १ लिटर, दाल १ केजी, न्युटेला आधा केजी र नुन १ केजी राहत स्वरुप विरतण गरिएको अध्यक्ष मेन्याङ्बोले बताइन् ।

bajhagarako bajhgarako1 bajhagarako4