धरान: धरान १८ न. वडा कार्यालय कोरोना राहत कोषलाई युकेबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
धरान १८ निवासी हाल युके वस्दै आएका पुर्व व्रिटिस गोर्खा सैनिक काजी राई र पदम राईको संयोजनमा नगद १ लाख १८ हजार २ सय ५० रुपैया राहत कोषमा प्राप्त भएको हो । सहयोग रकम युके वस्दै आएका १८ न. वडा निवासीहरुबाट संकलन गरिएको आर्थिक संकलन संयोजक काजी राईले जानकारी दिए । उनी आफैले नगद ५० हजार, पदम राईबाट १५ हजार, पञ्चधन राईबाट १५ हजार, दोर्जमान राईबाट १५ हजार, रविन परिवार बाट १५ हजार, सन्तोस राईबाट ४ हजार ५ सय र राम राईबाट ३ हजार ७ सय ५० रुपैया प्राप्त भएको पनि उनले जानकारी दिए ।
वडाअध्यक्ष प्रविण राईका अनुसार कोरोना राहत कोषमा अहिलेसम्म जिन्सि र नगद गरि ३ लाख रुपैया वरावर जम्मा भइसकेको छ । कोषबाट समितिले लकडाउनका कारण समस्यामा परेका आफ्नो वडाका अतिविपन्न परिवारहरुलाई खाद्यन्न उपलव्ध गराउने, विपि प्रतिष्ठान विरामी कुरुवाहरुलाई विहान र वेलुका खाना खुवाउने, मास्क, सेनिटाइजर र पञ्जा वितरण गर्ने कार्य भइरहेको वडाध्यक्ष राईले बताए । वडा कार्यालयले अहिलेसम्म आप्mनो वडाका लगत संकलन भएका २ सय २३ विपन्न परिवारलाई दुई पटक राहत उपलव्ध गराइसकेको छ भने तेस्रो चरणको राहत वितरणको लागि तयारी भइरहेको पनि कार्यालयले जनाएको छ ।