धरान: डेढ दशकदेखि निरन्तर प्रकाशन हुदै आएको दिव्यरोशनी साप्ताहिकले आफ्नो बार्षिकोत्सवको अवसरमा धरान उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ ।
साप्ताहिकले १५ बर्ष पुरा गरी १६ बर्ष प्रवेश गरेको अवसरमा आइतबार उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको हो । साप्ताहिकले फुड बैंकमा ४ सय किलो चामल र २ बोरा न्युटेला सहयोग गरेको छ । आइतबार धरान ८, सभागृहस्थित फुड बैंकको खाद्यान्न गोदाममा दिव्यरोशनीकी प्रकाशक एवं सम्पादक मनिता चाम्लिङ र प्रबन्धक सागर सिंजालीले धरानका मेयर तिलक राईलाई खाद्यान्न हस्तान्तरण गरेका थिए । सोही अवसरमा दिव्यरोशनीको मोवाइल एप्स पनि सार्वजनिक गरिएको थियो । मेयर राई, सम्पादक चाम्लिङ, पत्रकार महासंघका कोषाध्यक्ष गोविन्द बस्नेतलगायतले एप्स डाउनलोड गरेर शुरुवात गरेका थिए । विगत १५ बर्षदेखि साप्ताहिक पत्रिकाकोरुपमा मात्र प्रकाशित हुदै आएको दिव्यरोशनीको हालै अनलाइन सँस्करण पनि शुरुवात भएको छ ।
धरानका मेयर राईले केन्द्र, प्रदेश र स्थानीय सरकारको मात्र जिम्मेवारी होइन भन्ने उदाहरण प्रस्तुत भएको बताए । सञ्चार क्षेत्रको पनि सामाजिक उत्तरदायित्व प्रर्दशन भएको बताए । उनले राहत सामग्री पारदर्शिरुपमा लक्षित वर्गसम्म पुग्ने पनि उनले बताए । सम्पादक चाम्लिङले विगतका बर्षहरुमा स्वर्गीय बुबाको स्मृतिमा २ जना पत्रकार र कान्छा दाजुको स्मृतिमा पनि पत्रकारहरुलाई नगदसहित सम्मान गर्दै आएकोमा यसपाली लकडाउनको कारण स्थगित गरिएको बताइन्् । उनले विश्वभर नै संकट आइपरेकोले यो संकटको बेला उपमहानगरपालिकालाई थोरै भएपनि बार्षिक उत्सवमा गर्ने खर्चले सहयोग गरेको बताइन् । यस्तै, प्रबन्धक सिंजालीले बार्षिकोत्सवको अवसरमा बिहानै ४ जना कर्मचारीलाई २५ किलो चामल, १ लिटर तेल, दाल र न्युटेला घरमा पुगेर प्रदान गरिएको पनि बताए ।