धरान: भारतले नेपाली भुमीमा निरन्तर अतिक्रमण गर्दै कब्जा जमाएको विरोधमा आज सोमबार विहान धरानमा सामाजिक अभियन्ता तथा बुद्धिजिविहरुले शान्तिपुर्ण विरोध र्याली निकालेका छन् ।

उक्त विरोध र्याली समापन भइसकेपछि प्रहरीले पम्प्लेट खोस्दा केहीबेर प्रहरी र सामाजिक अभियन्ताहरुबीच तनावको स्थिति सृर्जना भएको थियो । स्वतस्फुर्त सामाजिक अभियन्ताहरुले आज बिहान ७ बजेदेखि विरोध र्यालीको आह्वान गरेका थिए । र्यालीमा दर्जन हाराहारीमा विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी भएका थिए । र्याली जिरोप्वाइन्टमा पुगेर समापन भएको थियो ।

birodh-raly5

सामाजिक अभियन्ताहरुले जिरोपोइन्टमा केहीबोर सडकमा उभिएर बाटो पनि अवरुद्ध पारेका थिए । पम्प्लेटमा भारतले नेपाली भुमी कब्जा गरेको विरोधमा र्याली लेखिएको भएपनि सहभागीहरुले नारा नलगाई शान्तिपुर्ण र्याली गरेका थिए । विरोध र्यालीमा सहभागी बुद्धिजिवि एवं अर्थशास्त्रका प्राध्यापक डा.राजेन्द्र शर्माले १८१६ को सुगौली सन्धीभन्दा पृथक ढंगले भारतले नेपाली भुमी दाबी गर्न थालेको बताए ।

भारतले नेपाली भुमी आफ्नो मात्र नभनेर कब्जा मात्र नगरेर लिपुलेक हुदै चीन छिर्ने बाटो पनि बनाएर उद्घाटन गरेको उनले बताए । सन् २००५ देखि नै भारतले निरन्तर नेपाली भुमी कब्जा गर्न थालेको भएपनि अहिले सडक पनि उद्घाटन गरिसके पछि मात्र नेपाली नेताहरुको विरोधको आवाज सुनिएको उनले बताए । ‘त्यो राजमार्गको १९ किलोमिटर भुभाग नेपालभित्र पर्छ, त्यो कब्जा गरेको भुमी नेपाललाई फिर्ता हुनुपर्छ, नेपाललाई सुम्पेर भारत फिर्त हुनुपर्छ,’उनले भने । द्धिदेशीय समझदारीबाट फिर्ता हुनुपर्ने र नभए अन्तराष्ट्रिय अदालत गुहार्नुपर्ने उनले बताए । 

birodh-raly8

आज राती ८ बजे ब्ल्याकआउट गर्न आह्वान

सामाजिक अभियन्ता एवं पत्रकार महेश श्रेष्ठले आज राती ८ बजे ब्ल्याक आउट गरेर भारतीय अतिक्रमणको विराध गर्न सम्पुर्ण धरानबासी तथा आम नेपालीहरुमा आहवन गरेका छन् । उनले सडकमा विरोध गर्न आउन नसकेपनि घरमै बसेर विरोध जनाउन राती ८ बजे ५ मिनेट बत्ती अफ गर्न सबैलाई आह्वान गरेका छन् । ‘आज राती ८ बजे ब्ल्याक आउट गरेर ऐक्यवद्धता जनाउन आग्रह गछौं,’उनले भने ।

birodh-india birodh-raly8 birodh-raly birodh-raly2 birodh-raly3 birodh-raly7 birodh-raly6