धरान: धरानको वडा नं ७ स्थित खहरे(भौडी)मा धमाधम तटबन्धनको काम भइरहेको छ ।

बर्षाले क्षति पुर्याउन नदिन र खहरेलाई पनि आकर्षक बनाउन तटबन्धनको काम भइरहेको हो । वडा नं ७ का अध्यक्ष जीवन सुवेदीका अनुसार प्रदेश सरकारबाट सिचाई डिभिजनमार्फत ४० लाख भौडी तटबन्धनको लागि बजेट आएको छ । सोही बजेटबाट काम अघि बढाइएको हो । भौडीको दुवै किनारमा बाटो निर्माण हुनेछ । एकापटि बाटो निर्माण भएर रेलिङसहित गमलामा फुल पनि राखेर आकर्षक बनाइएको छ भने अर्कोपटि तटबन्धन पछि बाटो खोलिने वडाअध्यक्ष सुवेदीले बताए ।

wada-7-kon

यहाँ पुर्वअध्यक्ष भुवनराज मोक्तानको स्मृतिमा ज्येष्ठ नागरिक पार्क निर्माण गर्ने वडाको योजना छ । २०७४ सालको निर्वाचनमा वडाअध्यक्षमा विजयी भएका मोक्तानको निधन भएको थियो । गएको मंसिरमा भएको उपनिर्वाचनबाट सुवेदी वडाध्यक्षमा विजयी भएका हुन् । ‘पुर्ववडाअध्यक्ष भुवनराज मोक्तानको स्मृतिमा ज्येष्ठ नागरिक पार्क पनि बनाउछौं, स्वास्थ्य चौकी पनि बन्छ,’उनले भने । वडा सदस्य ठाकुर कार्कीका अनुसार माछा भौडीतर्फ खहरेमा १० फिट पानी बग्ने भाग(ग्याप) छोडेर निर्माण भइरहेकोले यहाँ पनि सोही अनुसार १० फिट ग्याप हुन्छ । भौडीको दुवै किनारमा सडक हुनेछ ।