बिराटनरगर: प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क गर्ने भएको छ ।

कोरोना भाइरसको महामारीको बेला पनि फ्रन्टलाइनमा जोखिम मोलेर फिल्डमा खटिएका पत्रकारहरुको युनियनले कोरोना विमा गर्ने भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीआवद्ध तथा जिल्लामा क्रियासिल १ सय ५० जना पत्रकारको निःशुल्क विमा गर्ने युनियनका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । उनका अनुसार युनियन र आईएमई जनरल इन्सुरेन्सबीच पत्रकारहरुको विमा गर्नेबारे सम्झौता भएको छ । सम्झौता अनुसार पत्रकारलाई कोरोना भाइरसको लक्षण देखिएमा १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

सम्झौतामा युनियनका तर्फबाट अधिकारी र इन्सुरेन्सका मार्केटिगं प्रदेश संयोजक विमलकुमार रन्जितकारले हस्ताक्षर गरेका छन् । इन्स्योरेन्सको बिराटनगरस्थित क्षेत्रिय कार्यालयमा सहमति आदानप्रदान भएको थियो । अध्यक्ष अधिकारीले सामान्य राहत किन्न समेत अप्ठारो परिरहेको अवस्थामा पत्रकारहरुलाई विमाले टेवा पुग्ने र परिवारलाई पनि राहत महशुस हुने बताए । इन्स्योरेन्सका तर्फबाट संयोजक रञ्जिकारले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कोराना विमा कार्यक्रम प्रेस युनियन सुनसरीसंगको सहकार्यमा गरेको जानकारी गराए ।

कार्यक्रममा पत्रकार महासघं प्रदेश १ का अध्यक्ष बिक्रम लुइटेल, महासचिव विवेक गौतमले जिल्लाभरका पत्रकारहरुले फाइदा पाउने दावी गरे । कार्यक्रममा इन्स्योरेन्सका इटहरी व्यवस्थापक भोजराज अधिकारी, विराटनगरका वयवस्थापक सुनिल ठाकुर लगायतको समेत उपस्थिति रहेको थियो ।