धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रवक्तामा डा.निदेश सापकोटा नियुक्त भएका छन् ।

प्रतिष्ठानको मानसिक विभागका एडिस्नल प्रोफेसर डा.सापकोटालाई उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले प्रवक्तामा नियुक्त गरेका हुन् । डा.सापकोटालाई उपकुलपति डा.गिरीले आजै प्रवक्तामा नियुक्त गरेको पत्र थमाएका छन् । डा.सापकोटा सन् २००५ देखि प्रतिष्ठानमा कार्यरत छ । उनले प्रतिष्ठानबाट नै एमडि गरेका हुन् भने यसअघि ३ बर्ष मानसिक विभागका प्रमुखको जिम्मेवारी पनि उनले सम्हालिसकेका छन् ।

यसअघि प्रवक्ता रहेका डा.पशुपति चौधरीको समयवधि सकिएपछि उक्त पद रिक्त रहेको थियो । सह प्रवक्ता रहेका डा.अशोक ऐरले लामो समयदेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रवक्तामा नियुक्ती पाएका डा.सापकोटाले चुनौतीपुर्ण समयमा नियुक्ती भएकोले सबैसँग समन्वय र सहकार्य गरेर जाने प्रतिक्रिया दिए । ‘अहिले चुनौतीपुर्ण समयमा जिम्मेवारी पाएको छुँ, सबैसँग समन्वय,सहकार्य गर्नेछुँ,’डा.सापकोटाले भने ।