धरान: धरानको कृषि वडा घोषित २० नम्बर वडा विष्णुपादुकास्थित माछामाराको प्रगति बेसार उत्पादन कृषक समुहले पहिलो पटक सामुहिक वेसार खेतीको सुरुवात गरेका छन् ।

समुहमा आवद्ध स्थानीय १९ घरपरिवारले १५ विगाहा जमिनमा सामुहिक खेती गरेका छन् । समुहले वार्षिक ५० टन वेसार उत्पादनको लक्ष्य राखेको छ ।
किसानहरूलाई संगठित गर्ने उद्देश्यका साथ सामुहिक खेतीको सुरुवात गरिएको समुहका अध्यक्ष प्रेमकुमार राईले बताए । युवा पुस्ता कृषिबाट पलायन भइरहेको कारण सामुहिक खेतीमार्फत युवालाई कृषि तथा स्वरोजगार बनाउन र रोजगारको सृजना गर्ने अपेक्षा गरिएको अध्यक्ष राईको भनाई छ । सामुहिक खेतीले किसानहरूलाई संगठित बनाउन र व्यवसायिकरुपमा समेत फाइदा हुने अध्यक्ष राई वताउँछन् ।

IMG_0482.psd

धरानको विष्णुपादुका बेसारको पकेट क्षेत्र मानिन्छ । अहिलेसम्म यहाँका कृषकहरुले व्यक्तिगतरुपमा खेती गर्दै आएका छन् । जमिन भाडामा लिएर पहिलो पटक सामुहिक बेसार खेतीको सुरुवात समुहले गरेको जनाएको छ । मौसम र मल सबै मिलेमा ५० टन भन्दा बढी वेसार उत्पादन हुने अध्यक्ष राई बताउँछन् । हाल एक किलो बेसारको वजार मुल्य १ सय ४५ रुपैया रहेको छ । समुहले सोचे अनुरुप उत्पादन भए करिव एक करोड रुपैया बराबरकोे उत्पादन हुनेछ ।

प्रधानमन्त्री कृषि जोनमा आबद्ध भएर प्रस्ताव पेश गर्ने तयारी गरिरहँदा लकडाउन सुरू भएको कारण प्रस्ताव पेश गर्न नसकेको समुहको भनाई छ । करिब दुई महिना लगाएर बेसार खेती गरिएको समुहका सचिव चक्र राई बताउँछन् । उनका अनुसार सामुहिक खेतीमा प्रति केजी साठी रुपैयाको दरले १ हजार ४ सय २५ किलो बेसारको बिउ प्रयोग भएको छ ।

IMG_0509.psd IMG_0505.psd
IMG_0483.psd IMG_0490.psd