धरानः किसानले सहुलियत मुल्यमा पाउने मलमा कालोबजारी भएको पुष्टि भएको छ । भोजपुरको अरुण गाउँपालिका ६ का किराना पसले भद्रमान भुजलले अनाधिकृत रुपमा मल विक्रि गरेको पाइए पछि प्रशासनले सिल गरेको छ ।
७ सय ८५ विक्रि मुल्य भएपनि भुुजेलले किसानलाई २ हजार मल बेचेका थिए । मल अभाव झेलिरहेका किसानले बढि मुुल्यमै भएपनि मल खरिद गरेका थिए । तर, स्थानीयले चर्को मुुल्यमा किसानले मल किन्न बाध्य भएको थाहा पाएपप्छि प्रशासनलाई खबर गरि उक्त मलको गोदाम सिल गराएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।
‘अनाधिकृत खरिद गरेर बढि मुल्यमा किसानलाई मल बेचेको पाइएपछि बाँकि मल जफत गरिएको छ,’पुरीले भने,‘यो मल कसरी यहाँ आइपुुग्यो भन्ने बारे अनुसन्धान गरि दोषिलाई कारवाही हुन्छ ।’ उनका अनुसार ६० बोरा मध्ये २० बोरा किसानलाई बेचिसकिएको छ ।
आफ्नो पालिकामा रहेको उक्त मल किसानलाई सहुलियत मुल्यमा दिने बारे नगरका जनप्रतिनिधिबीच छलफल भएको पालिका अध्यक्ष गजेन्द्र बहादुर काकीले जानकारी दिए । उनले प्रशासनले छानबीन थालेको हुँदा सो कुराको टुुँगोमा नपुुगुुन्जेल के गर्ने भन्ने निर्णय भइनसकेको बताए । किसानको हितका लागि सरकारले सहुलित मुुल्यमा पठाएको मलको कालोबजारी भएको भन्दै यसमा जनप्रतिनिधिकै मिलेमतो हुनसक्ने नेकपाले आशंका गरेको छ ।
नेकपा अरुण गाउँपालिकाका सचिव नारायण घिमिरेले मल वितरण गर्ने आधिकारीक सप्लायर्सबाट नभई किराना पसलबाट बढि मुुल्यमा सरकारी सहुलियतको मल बेचिनुमा बिक्रिेता एक्लैको आँट हुन नसक्ने जिकिर गर्छन् ।