धरान: लकडाउन उल्लंघन गरेर भारतबाट लुकीपिछी आएका एक भारतीलाई लाखौं नेपाली रुपैयासहित प्रहरीले पक्राउ गरेको छ ।

भारतको विहार राज्यस्थित सुपौल जिल्ला बथ्नाह गाउँ पञ्चायत १७ का २८ बर्षीय फुलकुमार मेहतालाई प्रहरीले सप्तरीबाट लाखौं नगदसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मेहताको साथबाट ९ लाख रुपैया वरामद भएको छ । हनुमान कंकालिनी नगरपालिका १४ कोशी बलारमा शंकास्पदरुपमा हिडिरहेका मेहताको साथमा भएको नाईलनको झोलामा चेकजाँच गर्दा २ केजी चिनि भेटिएको थियो ।

उक्त चिनिभित्र लुकाएको अवस्थामा नेपाली ९ लाख रुपैया फेला परेको प्रहरी चौकी रामपुर मल्हनीया,सप्तरीका प्रहरी सहायक निरीक्षक श्रीप्रसाद ठाकुरले जानकारी दिए । उनको नेतृत्वमा गएको प्रहरी गस्ती टोलीले मेहतालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको थियो । सप्तरीका प्रहरी नायब उपरीक्षक(डिएसपी) तिलक भारतीले मेहताबारे अनुसन्धान भइरहेको बताए । saptari1