धरान: लाखौं रुपैयासहित पक्राउ परेका एक भारतीय नागरिकलाई जिल्ला प्रशासन कार्यालय सप्तरीबाट धरौटीमा छुटेका छन् ।
शनिबार ९ लाख नेपाली रुपैयासहित हनुमाननगर कंकालिनी नगरपालिका १४ कोशी बलार हुदै भारतबाट नेपाल आउदै गरेका बिहान सुपौल जिल्ला बथनाहका २८ बर्षीय फुलकुमार मेहता पक्राउ परेका थिए । उनले बोकेको नाइलनको झोलामा २ केजी चिनीभित्र ९ लाख नेपाली रुपैया प्रहरीले वरामद गरेको थियो । उनलाई संक्रमक रोग ऐन २०२० अनुसार कारबाहीको लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय सप्तरीमा बुझाएको थियो ।
ऐन अनुसार कारबाही भएर उनी तारेखमा छुटेको र श्रोत नखुलेको नगद ९ लाख, चिनीसहित थप अनुसन्धान र कारबाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।
यसैगरि, प्रहरीले जेठ ८ गते हनुमाननगर कंकालिनी नगरपालिका १ का ३२ बर्षीय बुधन भन्ने जोगान्नद मण्डललाई भारतीय नम्बर प्लेटको स्कारपियो गाडी र मोटरसाइकलसहित पक्राउ गरेको थियो । लकडाउनको बेला पनि उनले चोरी बाटो भएर भारतबाट तस्करी गरी सामानअरु भित्र्याउने गरेको सुचना आएपछि उनलाई भन्सार करसमेत नकाटेको गाडी र मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको थियो । उनले ती गाडी तस्करीमा प्रयोग गर्ने गरेको प्रहरीको भनाई छ ।
उनलाई पनि जिल्ला प्रशासन कार्यालयबाट संक्रामक रोग ऐन २०२० अनुसार कारबाही भएर तारेखमा छुटे पछि भारतीय नम्बर प्लेटको गाडीसहित थप अनुसन्धान र कारबाहीको लागि सोमबार भन्सार कार्यालय तिलाठी बुझाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट वरामद भएको सेतो स्कारपियो गाडीको मुल्य ६ लाख र मोटरसाइकलको मुल्य १ लाख गरी कुल ७ लाखको मुल्यांकन गरिएको छ ।