विराटनगरः प्रदेश एककाे राजधानी विराटनगरमा भाेली देखि छैटाैँ एवंम बजेट अधिवेशन सुरू हुँदैछ ।
सबै सांसदहरूकाे नाेवेल काेराेना भाइरस भए नभएकाे बारे पिसिआर जाँच सम्पन्न भइसकेकाे छ भने दुइ काेठाबाट संसद बैठक चलाउने तयारी भएकाे छ । प्रदेश एक संसदकाे भुइँ तलामा ६० सांसदका लागि एक एक मिटरकाे दुरीमा कुर्सी राखिएकाे छ भने पहिलाे तलामा ३० कुर्सीसहित तल्लाे तलामा भएका गतिविधि देख्न मिल्ने गरी अडियाे, भिडियाे सामाग्री जडान गरिएकाे छ ।
बैठक काेठाकाे व्यवस्थापनकाे अन्तिम तयारीमा जुटिरहेका कर्मचारीले कस्ताे तयारी गरे ? तल तस्बिरमा हेर्न सकिन्छ ।