विराटनगरः नोवेल कोरोना भाइरस (कोभिड १९) को परिक्षणका लागि स्वाब दिएका प्रदेश एकका सबै सांसदहरुको नजिता नेगेटिभ आएको छ । बुुधवार देखि चालुु हुने संसद बैठकको लागि संसद सचिवालयले सबै सांसदहरुको स्वाब संकलन गराएपनि दुुइ सांसद अनुपस्थित भएका थिए ।
सांसद आशारत्न जगेबु र उपाकला राई बाहेक सबै सांसदले स्वाब परिक्षण गराएकोमा कुुनै पनि सांसदमा कोभिड १९ को नतिजा नदेखिएको सभामुख प्रदिप कुमार भण्डारीले क्लिक धरानलाई जानकारी दिएका छन् । जगेबुु र राई काठमाण्डौमा भएका कारण स्वाब सँकलनमा उपस्थित हुन पाएका छैनन । उनिहरु भोली हुने छैटौँ अधिवशेनको पहिलो बैठकमा उपस्थित हुन पाउने छैनन् ।
स्वाब परिक्षणका लागि अनिवार्य गरिए पछि नेगेटिभ देखिएको रिपोर्ट देखाएर मात्र पत्रकारलाई समेत रिपोर्टिङका लागि अनुुमति दिइने छ । संसदीय रिपोटिङका नियमित खट्ने पत्रकारको समेत कोरोना जाँचका लागि स्वाब संकलन गरिएको थियो । उनिहरू सबैकाे नतिजा नेगेटिभ अाएकाे प्रदेश एक संसदीय मामिला पत्रकार संघका अध्यक्ष गणेस लम्सालले जानकारी दिएका छन् ।
सभामुख भण्डारीका अनुसार भोली हुने संसद बैठका लागि सचिवालयका कर्मचारी र मर्यादापालक (सुरक्षाकर्मी) को समेत स्वाब परिक्षण गराइएको थियो । २ सय बढि स्वाब परिक्षण गराउँदा कसैको पनि पोजेटिभ नजिता नआएको हुँदा सहज रुपमा बैठक संचालनको तयारी रहेको छ ।
भोली देखि सुरु हुने प्रदेश एकको संसद बैठक दुइ हलबाट संचालन हुने भएको छ । हल साँघुरो भएको र कोरोना संक्रमणको जोखिमका कारण सामाजिक दुरी कायम गर्दै बैठक सँचालन गर्नुपर्दा दुइ हलबाट बैठक संचालन हुने भएको हो ।
गत बैशाख ३ गते सुचना टाँस गरि पाँचौ एवंम हिउँदे अधिवेशन स्थगन भएको थियो ।
सरकारले बजेट ल्याउने पर्ने समय भएको र त्यसमाथि छलफल गर्नुुपर्ने भएको हुँदा कोरोना जोखिमकै बीच संसद बैठक सुचारु हुन लागेको हो । भोलीको पहिलो बैठकमा प्रदेशका अर्थमन्त्री इन्द्र बहादुर आङ्बाे बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।