धरान: सरकारले आगामी बर्षमा पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक बर्ष २०७७/०७८ को बजेट संसदमा प्रस्ततु गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यो जानकारी दिएका हुन् । उनले सबै प्रदेशमा ठूला पर्यटकीय स्थल विकास गर्ने पनि बताए । यस्तै, माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गर्ने बताए भने कोरोना कहरले थलिएको पर्यटनलाई उकास्नको लागि सहज वातावरण भएपछि राष्ट्रसेवक कर्मचारी र सं‌गठित क्षेत्रका कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहित गरिने पनि बताए । यस्तै, मन्त्री खतिवडाले पर्यटन विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन गर्ने घोषणा पनि गरेका छन् ।