धरान: धरान १८ शिवमार्ग की गीता राई(विनिता)ले शुक्रबार बिहान प्रेसर कुकरमा खाना पकाउदै थिइन् । कुकरको सिठी लागेपछि भातको सिता उफ्रन थाल्यो । उनी अचम्मित भइन् ।

उनले वडाअध्यक्ष प्रविण राईलाई खबर गरे । अध्यक्ष राई गीताको घरमा पुग्दा छरछिमेकको भीड जम्मा भइसकेको थियो । राईले चालम(बोरा) र कुकरसहित पकाएको चामल पनि वडा कार्यालयलाई बुझाएका छन् । ‘यो चामल पनि मिसावट देखिन्छ । मैले यस्तो त चीनमा मात्र देखेको थिएँ,’अध्यक्ष राईले पकाएको चामलको डल्ला उफार्दै भने,‘तातो हुदा त झन् धेरै माथिसम्म उफ्रन्थ्यो ।’

अध्यक्ष राईले प्लाष्टिकको चालम हो कि भन्ने आंशका व्यक्त गरे । पकाएको चामल भुँई र भित्तामा फ्याल्दा रबरको वल जस्तै उफ्रन्छ । 

rice2

अध्यक्ष राईले उक्त चामलबारे जाँच गर्न केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका शिक्षकसँग कुरा गरेको बताए । ‘मेयर साबलाई पनि जानकारी दिएको छुँ, र यसलाई आवश्यक जाँच पनि गछौं,’उनले भने । यो चामल पुजा भोग ब्राण्डको जीरा मसिनो चामल हो ।