विराटनगरः संघीय सरकारको बजेट आइसके पनि प्रदेश सरकारले बजेट निर्माण गर्ने चटारोमा जुुटेका छन । प्रदेश एकले बजेटको प्राथमिकता र सिद्धान्तका विषय विनियोजक विधेयक २०७७ संसदमा खुल्ला छलफलको क्रममा रहेको छ । उक्त छलफलमा सहभागी सांसदहरुले शून्य समय लिएर बोल्दै किसानको समस्यालाई चर्को रुपमा उठाएका छन् ।
अघिल्लो साल देखि धान, मकै र विभिन्न बालीमा केन्द्रित गरेर लागेको अमेरीकि फैजि किराको आतंकालाई रोक्न सांसदहरुले सरकारसँग माग गरेका छन् भने पीडित किसानलाई चाँडो राहत पुुर्याउन आग्रह गरेका छन् । ओखलढुुँगाबाट प्रतिनिधित्व गर्ने सांसद मोहन कुमार खड्काले जिल्लाका अधिकाँश किसानको मकै बारी सखाप हुने गरि फौजी किराले आक्रमण गरेको भन्दै सयौँ किसानको हजारौँ हेक्टर जमिनको बालि नष्ट गराइदिएको बताए ।
'लकडाउनसँगै जिल्ला बाहिरबाट आएका किसानले खेतीपातीमा जुुट्दै मकै छरेका थिए । फौजी किराले नोक्सान गरिदियो ।’ खड्काले भने ‘यस विषयमा कृषि मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छुु । अन्नउत्पादक किसानलाई राहतको व्यवस्थापनका लागि माग गर्दछु ।’
खोटाङबाट प्रतिनिधित्व गर्ने सांसद रामकुमार राईले जिल्लामा फौजी किरातले आतंक मच्चाइरहेको भन्दै समस्या समाधानको लागि पहल गरिदिन सरकारसँग माग गरे । त्यस्तै सांसद सरिता थापाले फौजी किराको प्रकोप जारी रहेकै बेला सलह किराको समेत आतंक हुन विज्ञले प्रक्षेपण गरेको भन्दै किसान कतैबाट सुरक्षित नभए र सरकारले यस बारे तुरन्त सहयोगको कार्यक्रम ल्याउनुुपर्ने बताइन् ।
उमिता विश्वकर्माले भने विदेशबाट आएका युवाहरुलाई रोजगारी प्रदान गर्न गाउँको बाँझे जमिन सस्तोमा भाडामा दिने र उत्पादनको उचित बजार ग्यारेन्टी गर्दै सरकार साथमा छ भन्ने सन्देश दिन प्रदेश सरकार सक्षम हुुनपर्ने र बजेटले त्यस्ता कार्यक्रम समेट्नुपर्ने धरणा राखिन् ।
सांसद विश्वकर्माले विदेशबाट आउने आयातित कृषि बस्तुुलाई निषेध गर्दै कृषि उत्पादनमा आत्मनिर्भर प्रदेश बनाउन सरकारले आगामी दिनमा ल्याउने नीति कार्यक्रम सक्षम हुुनपर्ने बताइन् ।
अर्का सांसद काजिमान कागतेले कृषि उपजको सहज निकासी हुन नसक्दा मेचि करिडोरका किसान समस्यामा परेको गुनासो गरे । प्रदेश सरकारले पहल गरेर नेपाल भारत व्यापारीक सम्झौता अप्ठ्यारोमा पर्न नदिने र कृषि उपज सहज निकासीका लागि पहल गरिदिन माग गरे । अहिल चिया उत्पदकले ठुलो परिमाणका चिया स्टोर गरेर राखेको भन्दै उचित मुुल्य नपाइरहेकोअवस्थामा किसान र मजदुरले लाभ पाउन गरि कार्यक्रम ल्याउन आग्रह गरे ।
खिनु ल्वांग्वा लिम्बुले भने पहाडी भेगमा कम सिचाइमा हुने जौ, गहुँ, कोदो , फापर लगाएतका वालिको उत्पादनमा ध्यान दिन माग गरिन् ।
आधारभुत किसानलाई लक्षित गरेर आगामी बजेट आउनुुर्ने भन्दै कृषिको माध्यमबाट बढि भन्दा बढि रोजगारी दिन सकिने कार्यक्रम समेट्न आग्रह गरिन् । सांसद बसन्त बानियाले किसानले समयमा मल बीउ नपाउने समस्या हरेक साल दोहोरिरहने भन्दै प्रदेश सरकारकै लगानीमा मल उद्योग खोल्न आग्रह गरे भने भुमिहित र जोताहा किसानले लिएको ऋण मिनाहा गर्न आग्रह गरे ।