धरान: सर्दु खोला किनारस्थित धरान १६ मा तत्कालिन मेयर तारा सुब्बाको पालामा भुमी पार्क निर्माण कार्य शुरु भएको थियो । उनको निधन पछि यो पार्कको नाम परिवर्तन गरेर तारा सुब्बा स्मृति पार्क नामकरण गरियो ।

सर्दु खोला किनारमा रिटेनिङ वाल उठाएर जोगिएको जग्गामा पार्क बनाउने अवधारणा अघि सारिएको हो । तर, अहिले यही सर्दु किनार हुदै महत्वपुर्ण परियोजना सर्दु करिडोर पनि निर्माण हुदैछ । प्रदेशस्थित सिचाई डिभिजन कार्यालयले यो करिडोर निर्माणको लागि टेण्डर आह्वान गरिसकेको छ भने उपमहानगरपालिकाले पनि २ दिनअघि सम्बन्धित वडाका जनप्रतिनिधि, मुख्य राजनीतिक दलसँग छलफल गरेको थियो ।

 

tara-subba-park सर्दु करिडोर परियोजना अघि बढ्दा सर्दु खोला किनारमै भएको पार्क के होला ? यो प्रश्नको जवाफमा वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीले सर्दु करिडोरले पार्कलाई असर नगर्ने गरी व्यवस्थापन गरिएको बताए । उनका अनुसार पार्क पनि महत्वपुर्ण योजना भएकोले सर्दु करिडोरलाई पार्कसँगैको क्षेत्रको जग्गा जोगाउन थोरै घुमाएर लगिने बताए । त्यसरी करिडोरलाई थोरै एल आकारमा पुर्वउत्तर भएर लैजादा १४ वटा घरहरु पर्छन् । ती घरहरुलाई स्थानान्तरण गर्न स्थानीयस्तरमा सहमति पनि भइसकेको अध्यक्ष गिरीले बताए ।

उनका अनुसार करिडोर निर्माणको क्रममा निस्किएको जग्गामा ती १४ घरलाई व्यवस्थितरुपमा स्थानान्तरण गरिनेछ । यहाँ १ बिगाह साढे १९ कट्ठा जग्गा छ । उपमहानगरले टेण्डर लगाएर काम सुरु भएको उनले बताए । ‘सर्दु करिडोर यहाँबाट जादैन, केही घुमेर जादा १४ घर पर्छ । ती घरलाई अन्यत्र सार्ने कुरा भएको छ,’ अध्यक्ष गिरीले भने,‘करिडोरले छोडेको जग्गामा घरहरु साछौं, समन्वय पनि भइसकेको छ । हाम्रो कार्यकालमा पार्क निर्माण सम्पन्न हुन्छ भन्ने अपेक्षा छ ।’

के के बन्छ पार्कमा ?

tara-subba-park1

पार्कमा यो बर्ष गेट बन्ने वडाअध्यक्ष गिरीले बताए । यस्तै, चौकीदारको लागि क्वारर्टर, ट्वाइलेट, बाथरुम पनि यो बर्ष तयार हुनेछ । यस्तै, बालबालिकाहरुलाई खेल्ने पिङ, आरामदायी बस्ने ठाउँ, गार्डेन निर्माण हुनेछ भने टाली पनि विछ्याइनेछ । ‘भविष्यमा वरीपरी रेल कुद्छ, स्विमिङ खेल्ने ठाउँ हुन्छ,’वडाअध्यक्ष गिरीले भने,‘बालबालिका खेल्ने, रमाउने ठाउँ हुन्छ । बिशेष बालबालिकालाई तार्गेट गरेर निर्माण गरिएको हो ।’
(भिडियो केही दिनअघि खिचिएको हो, र अहिले निर्माण कार्य सुरु भइसकेको छ । सम्पादक)