विराटनगरः प्रमुख विपक्षी दल नेपाली काँग्रेसले अघिल्लो बजेटको समिक्षा नगरी बजेट ल्याउनु लागिएको भन्दै आपत्ति जनाएको छ । काँग्रेस संसदीय दलका नेपाल राजिव कोइरालाले अघिल्लो बजेटप्रति विपक्षी दल काँग्रेसले मिहिनढंगले निगरानी राखेको भन्दै कार्यकर्ता पोस्ने उदेश्यले बजेट ल्याएको भन्दै त्यसको सरकारले सहितरकाले अनुुगमन नभएको आरोप लगाए ।
बजेटको पूर्वसन्धामा कोइरालाले भने ‘कुुनै पनि क्लब र पाटिको मिटिङमा अघिल्लो बैठकको समिक्षा भएको हुन्छ । तर, प्रदेश सरकारले यसतर्फ ध्यान दिएन । हामीले हेर्दा विकास खर्च कम भएको छ । अन्धाधुन्ध खर्च भएको छ । विकास भएको हो कि कार्यकर्ता पोस्न हो कुन्नी सन्तोषजनक काम नभएको पाइएको छ ।’
कोइराले प्रदेश सरकारले गर्दा नै संघीयताको अस्तित्व रहने भन्दै शाुसानमा जोड दिन आग्रह गरेका छन् ।
पार्टीका प्रमुख सचेतक केदार काकी अघिल्लो बजेट मुुख्यमन्त्री मात्र हो भन्ने भान भएको टिप्पणी गर्दै आफ्नो मात्र जिल्लाका नागरिक केन्द्रीत बजेट ल्याए सिँगो प्रदेशवासी खुसी हुन्छन् भन्ने भ्रम नपाल्न मुख्यमन्त्रीलाई आग्रह गरे ।
‘हामीले अघिल्लो बजेट गहिरिएर अध्ययन गर्दै जोडतोडले आलोचना पनि गर्यो ।’ कार्कीले भने ‘हामी प्रतिपक्षीको भुमिकामा चुकेनौँ । कतिपय जिल्लाका भौतिक प्रगती माइनसमा गयो । पोहोरको जस्तो बजेट आए प्रदेशवासीका ला िदुुभाग्य हुन्छ ।’
उनले प्रदेश सरकारलाई पालिकाले संचालन गर्ने खालका योजना नराख्न सुुझाव दिएका छन् । साथै प्रादेशिक मोडलको योजना ल्याउन समेत उनको आग्रह रहको छ ।
अर्का नेता एवंम प्रदेश सांसद शिवनारयण गनगाईले आगामी बजेट स्वास्थ्य केन्द्रीत हुनुपर्ने राय दिएका छन् । मानिसको स्वास्थय जोगाउने मुुख्य कुरा रहेको भन्दै काभिड १९ सँग जुुध्दै कृषि उत्पादमा आत्मनिर्भर रहने गरिका कार्यक्रम बजेटमा समेट्न उनको सुुझाव रहेको छ ।