धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धरानले प्रदेश सरकारसँग विभिन्न योजनाहरुको लागि आगामी आर्थिक बर्षमा २ अर्ब ३ करोड बजेट माग गरेको छ ।

नेकपाको धरानमा भएका केन्द्र, प्रदेश, जिल्ला र उपमहागनरस्तकार नेता, जनप्रतिनिधिसमेतको टोलीले आइतबार प्रदेश राजधानी विराटनगर गएर बजेट माग गरेको हो । नेकपाका नेताहरुले मुख्यमन्त्री कार्यालयसहित सबै मन्त्रालयमा पुगेर योजनाहरुसहित बजेट माग गरेको हो । नेकपाले प्रदेश सरकारसमक्ष धरानका विभिन्न १०५ वटा योजना पेश गरेको छ ।

ती योजनाको लागि २ अर्ब ३ करोड २५ लाख बजेट विनियोजना गर्न माग गरिएको नेकपा जिल्ला नेता एवं धरान इञ्चार्ज चोत्लुङले जानकारी दिए । ‘धरानको दीर्घकालिन विकासको लागि बहुबर्षीय,क्रमागत र उच्च प्राथमिकताको योजनाहरुलाई सोही अनुसार वर्गीकरण गरेर प्रदेश सरकारका मन्त्रीहरुलाई पेश गरेका छौं,’उनले भने । नेकपाको टोलीले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, उद्योग पर्यटन वन तथा वातनवरण मन्त्री जगदिस कुसियत, भौतिक पुवार्धार विकास राज्यमन्त्री अमिरबाबु गुरुङलाई भेटेर माग पेश गरेका थिए भने मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा माग दर्ता गरिएको उनले बताए ।

nekapa1

बजेट माग गरिएका योजनाहरु यस्ता छन्:

आर्थिक मामिला तथा योजना मन्त्रालय

१)प्रदेश प्रमुखको कार्यलय स्थापना

२)प्रदेश स्तरिय अतिथी गृह निर्माण रिसोट तारे होटल ,(निजी साझेदारीमा)

३)कोरोना महामारी ले पारेको प्रभाव राहत, कर छुट , लगायत सुविधा(उद्योग व्यावसाय,सन्चार संस्था, नागरिक सवैलाई)

४) शहिद बेपत्ता परिवार, द्धन्द्धप्रभाबित परिवार राहत

आन्तरिक मामिला तथा कानुन मन्त्रालय

१) धरानमा रहेको शसस्त्र वेश क्याम्प लाई स्थायी वनाई आधारभूत भौतिक संरचना निर्माण रुं ५० लाख

२) ईलाका प्रहरी कार्यालय धरान हिरासत भवन निर्माण क्रमागत रु ५० लाख

३) धरान १५, १७, ५,१४ र ४ मा स्थायी प्रहरी चौकी निर्माण । रु। १ करोड

४) धरान चलचित्र नगरी (डीपीआर अनुसार) रु १ करोड

५) प्रदेश स्तरिय सञ्चार ग्राम –रु १ करोड


सामाजिक विकास मन्त्रालय

शिक्षा
१) धरान स्थित कृषि ईन्जिनियरींग क्याम्पसमा आवश्यक भौतिक सुधार । रु। १ करोड ५० लाख

२) सरस्वती मा।वि। भवन निर्माण धरान ६ रु ४० लाख

३) धरानलाई नमुुना शैक्षिक नगर घोषणा कार्यक्रम रु ५० लाख


महिला वालवालिका जेष्ठ नागरीक, अपांगता तथा सडक मानव व्यवस्थापन

१) हिंसा पिडित महिलाहरुका लागि सेवा केन्द्र स्थापना र सञ्चालन रु २ करोड

२) एकल महिला हरुका लागि शीप विकास तथा स्वरोजगार प्रबद्र्धन रु ५० लाख

३) नगर पालिका सग एक वडा एक वाल उद्यान कार्यक्रममा साझेदारी रु ५० लाख

४) सडक मानव रहित नगर निर्माणका लागि नगर पालिका सग साझेदारी रु १ करोड

५) अपांग पुनस्र्थापना केन्द्र स्थापना नगर पालिका सँग साझेदारी रु १ करोड

युवा :

युवा स्वरोजगार का लागि शीप तथा क्षमतम विकास कार्यक्रम नगरसँग साझेदारी रु १ करोड

खेलकुद:

nekapa 2

वहुबर्षीय योजना

१) धरान खेलकुद ग्राम (डिपीआर अनुसार सम्पुर्ण खेल पुर्वाधार निर्माण) रु १० करोड

२) भक्तराज कन्दंवा क्रिकेट रंगशाला धरान १५ डीपीआर अनुसार रु ५ करोड
३) धरान रंगशाला धरान १६(डीपीआर अनुसार) रु ५ करोड

वार्षिक तथा नितिगत

१) अन्तराष्ट्रीय हवाई रंगशाला पुर्वाधार विकास (प्याराग्लाईडींङ लगायत) धरान २०, ४ –रु १ करोड

२)खेलकुद निर्देशनालय स्थापना तथा सञ्चालन –

स्वास्थ्य
१) विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र सरुवा रोग नियन्त्रण,व्यवस्थापन केन्द्र स्थापना तथा थप भौतिक विकास सहयोग । – रु १ करोड

२) ध्यान योग खेलकुद केन्द्र स्थापना प्रबद्र्धन –रु ५० लाख

३) आयुर्बेद अस्पताल स्तरोन्नति एवं समूदाय स्तरमा आरोग्यता अभियान रु ५० लाख

४) नेचुरल थेरापी सेन्टर स्थापना रु ५० लाख

ऐतिहासिक सास्कृतिक:

१) बहुजातिय संग्राहलय धरान १४ (प्रमुख प्राथमिकता) रु ३ करोड

२) बृहत्तर विजयपुर क्षेत्र विकास समिती गठन धरान १४ (दरवार पुन निर्माण, बुसुब्बा,दन्तकाली,पिण्डेश्वर, लगायत मठ मन्दीर व्यावस्थापन तथा पुन निर्माण विष्णुपादुका, सुलीकोट,राजारानी,सागरीगढी, पन्चकन्या)– पर्वाधार निर्माण रु २ करोड

३) विजयपुर दवार पुननिर्माण धरान १४ रु २ करोड

४) धरान ८ बौद्ध चारधाम निर्माण रु ५०लाख

भुमि व्यावस्था कृषी तथा सहकारी मन्त्रालय

१) पशु बधशाला धरान (स्थानिय तह र निजी साझेदारी) रु ४ करोड

२) लिची खेती प्रर्बदन धरान २० – रु २० लाख

३) बाख्रपालन प्रर्बदन धरान– रु ३० लाख

४)अव्यावस्थीत भुमिहीन सुकुम्बासी व्यावस्थापना नमुना बस्ती निर्माण– रु २ करोड

५) धरान ५ खैरेनीमा नया कृषी उपज संकलन केन्द– रु १ करोड

६) दुध उत्पादन– रु ५० लाख

७) जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र– रु ५० लाख

८) विभिन्न ठाउमा पानी संरक्षण पोखरी निर्माण– रु ५० लाख

९) कृषी पर्यटन प्रर्वनदन (होम स्टे) – रु ५० लाख

१०) धराने कालो बंगर उत्पादन प्रर्वदन– रु ५० लाख