धरान: ईलाका प्रहरी कार्यालय धरानका डिएसपी डुण्डीराज न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रशंसा पत्रसहित विदाई गरेको छ ।

बुधबार इनरुवास्थित कार्यालयमा प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले डिएसपी न्यौपानेलाइ प्रशंसा पत्र प्रदान गरेका थिए । आफ्नो इलाकाभित्र शान्ति सुरक्षा, अमनचयन कायम राख्दै विभागीय र जिल्ला सुरक्षा समितिको निर्देशनलाई आत्मसात गर्दै जिम्मेवारीलाई प्रभावकारीरुपमा सम्पादन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले डिएसपी न्यौपानेलाई प्रशंसा पत्र प्रदान गरेको हो । प्रशंसा पत्रमा डिएसपी न्यौपानेले लगनशील, कर्तव्यनिष्ट, इमान्दारीपुर्वक व्यवसायिक योग्यता र दक्षता प्रमाणित गरेको साथै कार्यअवधिको उच्च मुल्यांकन गरिएको पनि प्रशंसा पत्रमा उल्लेख छ ।

dsp-bidaiko

प्रमुख जिल्ला अधिकारी जिल्लाको सुरक्षा समितिको संयोजक पनि हुन् । विदाई कार्यक्रममा सुनसरीका प्रहरी प्रमुख, इलाका प्रशासन कार्यालय धरानका प्रमुखलगायतको पनि उपस्थिति रहेको थियो । कार्यकाल पुरा गरी नियमित सरुवा भएपछि डिएसपी न्यौपानेलाई धरानमा पनि विभिन्न संघसंस्थाहरुले विदाई कार्यक्रम गरिरहेको छ । डिएसपी न्यौपानेले धरानमा करिब १३ महिना नेतृत्व सम्हालेका छन् ।