धरान: धरान १५ स्थित एक घरमा भएको आगलागीमा परेर वृद्ध आमासहित २ जनाको जलेर मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले घरमा बस्दै आएकी वृद्ध आमा र छोरीको जलेर मृत्यु भएको पुष्टि गरे । मृत्यु हुनेमा ८७ बर्षीय वृद्धा धनमाया श्रेष्ठ र उनकी ५८ बर्षीय छोरी सीता श्रेष्ठ रहेकी छिन् । छोरी श्रेष्ठ केही सुस्त मनस्थिति भएको बताइएको छ । घरमा आमा छोरी माथिल्लो तलामा बस्दै आएका थिए । आगलागीको खास कारण भने अझै खुल्न नसकेको पनि डिएसपी न्यौपानेले बताए ।

यो घर पुर्वप्रहरी अधिकृत(इन्स्पेक्टर) नरबहादुर श्रेष्ठको पुरानो घर हो । श्रेष्ठ परिवार भने अर्को घरमा बस्दै आएका छन् । आमा छोरी बसेको घरको माथिल्लो तला काठको थियो । माथिल्लो तला पुर्णरुपमा जलेको छ । आगलागी प्रहरी, दमक, स्थानीयबासीको प्रयासमा नियन्त्रणमा आएको हो । आगलागी भइरहदा ग्याँसको सिलिण्डर पनि पड्केको थियो । agoko agolai