विराटनगरः प्रदेश एकका प्रमुख सोमनाथ अधिकारीले सरकारले तय गरेको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
प्रदेश एक संसदको आज बसेको बजेट अधिवेशनमा प्रदेश प्रमुख अधिकारीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७, ७८ को बजेटमा स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको छ । अघिल्लो बजेटमा प्रदेश एक सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखे पनि कोभिड १९ को संक्रमणलाई मध्यनगर गर्दै सरकारले जिल्लाका सबै अस्पतालको क्षमता बृद्धि गरि विशेषज्ञ सेवा प्रवाह गर्ने योजना बनाएको छ भने कोशी अस्पताललाई संघीय सरकारबाट प्रदेश एक सरकारको मातहतमा ल्याउन पहल गर्ने उल्लेख गरेको छ ।
सरकारले विदेशबाट आउने प्रदेश एकमा करिव २ लाख युवा लक्षित विभिन्न रोजगारमुुलक कार्यक्रम गर्ने तयारी थालेको छ । प्रदेश प्रमुख अधिकारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि रोजगारीलाई प्राथमिकता दिँदै आधुनिक खेती प्रणालीलाई विकास गरिने रैथाने प्रजातीका गहुुँ, जौँ, मकै, कोदो, फापर लगाएतका खाद्यान्नको उत्पादनमा सरकारले विशेष जोड दिनेछ । सबै क्षेत्रमा सिँचाइ प्रणालीको विकास गरि उत्पादनमा बृद्धि गर्ने लक्ष्य रहेको छ ।
त्यस्तै बेरोजगार युवालाई सीपअनुुसारको रोजगारी प्रदान गर्न योजना आयोगबाट फर्मको विकास गरि कुुन क्षेत्रमा जान चाहने हो युवाको सीप वर्गिकरण गरि रोजगारी प्रदान गरिने नीति रहेको छ । २ सय मेगावाट सम्मको जलविद्युुत संचालनका लागि संघीय सरकारबाट अनुुमती दिइ स्वदेशी तथा विदेशी सहयोगमा योजना संचालन गरिने छ । आगामी दुुइ वर्षमा प्रदेशका सबै घरमा विद्युुत विस्तारको पहुुँच पुुर्याउने लक्ष्य सरकारले लिएको छ । विद्युुतीय चुल्हो प्रयोगमा छुट दिने कार्यक्रम रहेको छ भने विद्युुतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने र प्रदेश सरकारले सार्वजनिक विद्युुतीय बस संचालन गर्न नीति क्षेत्रसँग सहकार्य गरिने छ । इटहरीमा अन्तराष्ट्रिय स्तरको सभा भवन निर्माण हुने कार्यक्रम रहेको छ भने मेचिको इलाममा रिफ्रिेसमेन्ट सेन्टर, सुनसरीका कोशी गाउँपालिकामा रिफ्रेसमेन्ट सेन्टरको निर्माण सम्पन्न गरिनेछ ।