विराटनगरः प्रदेश एकका सांसद सुुयर्माराज राईले नीजि स्वास्थ्य संस्थालाई सरकारीकरण गर्न माग गरेका छन् ।

विपतको बेला सरकारसँग सहकार्य गरि नागरिकको स्वास्थ्य उपचारमा खटिनुुपर्ने बेला बन्द गर्ने र बिरामी उपचार नगर्ने गैरजिम्मेवार अस्पताललाई तुरुन्त सरकारीकरण गर्न संघीय सरकारलाई सिफारिस गर्न माग गरे । ‘नीजि  स्वास्थ्य सँस्थाले जनताको हितका लागि कुुनै राम्रो काम गरेनन्,’राईले भने,‘विषम परिस्थितिमा नागरिकले पाउने न्युनतम स्वास्थय सेवा पाउन नसके यस्ता संस्था नीजि क्षेत्रबाट किन संचालिन हुनुपर्यो ?’ उनले कोभिड १९ संक्रमित भए जिल्लाबाट आउने विरामीलाई सेवा नदिइनुु न्युुनतम मानव अधिकारको उल्लंघन भएको भन्दै सरकारलाई गम्भिर बन्न र एक्सन लिन आग्रह गरे ।

संसदमा प्रतिपक्षी दल नेपाली काँग्रेसका सचेतक समेत रहेका सांसद राईले कृषिको अभियान संचालन गर्न प्रदेश एकका ९३ जना सांसद नै कृषिमा होमिन आग्रह गरे । उनले जनतालाई कृषिप्रति लोभ्याउन सबैले अभियान शुरुगर्नुको विकल्प नभएको भन्दै सबैले उत्पादनमा जोडिनुुपर्ने समय आएको तर्क गरे ।  ‘हामी सबै माननीयले कृषि अभियान शुरु गरौँ । कृषिमा निराश युवा पुनः यो कर्ममा लाग्नेछन् र प्रदेशमा कोहि भोकै मर्नुपर्दन,’उनले भने ।

indramani parajuli
यता विधायन समितिका सभापतिसमेत रहेका सत्तारुढ दल नेकपाका सांसद इन्द्रमणी पराजुलीले सरकारले किसानका लागि ल्याएको ४५ करोडको राहत प्याकेज उत्साहजनक रहेको भन्दै आधारभुत तहका किसानले पाउने यो राहतले सरकार भएको अनुुभुति दिलाएको बताए । साथै उनले धनकुुटा जिल्ला अस्पताललाई स्तरीकृत गरि शिक्षण अस्पताल बनाउने विषय ओझेरमा पार्न खोजिएको प्रति सरकारको ध्यानाकर्षण गराए । ‘यो विशिष्ट अवस्थामा आएको धनकुुटाको विशिष्टकृट मेडिकल कलेज र शिक्षण अस्पताल स्थापना हुने कुरा अहिले सम्बोधन भएको छैन,’ पराजुलीले भने,‘यो सरकार दुविधा र अलमलमा पर्ने विषय पनि होइन । मन्त्री ज्यूहरुले छुुटाउनुु हुुनेछ भन्ने लागेको छैन ।’ उनले धनकुुटामा प्रादेशिक ल्याब स्थापनाका लागि माग समेत राखेका छन् ।