धरान: कोभिड १९ महामारीको बेला स्वस्थ्य एवं सुरक्षित कारोबार गर्नको लागि नविल बैंकले विद्युतीय प्रणालीबाट कारोबार शुरु गरेको छ ।
बैंकले प्रेस विज्ञप्ती जारी गर्दै विद्युतीय कारोबार गरिने नविल जेन एन एकाउण्ट( Nabil Gen-N Account )शुरु भएको जानकारी दिएको हो । यो ग्राहकहरुलाई सहज तथा सरल बैंकिङ अनुभूति गराउने उद्देश्यले आफ्नै घरमा बसेर खाता खोल्न सकिने र आर्कषक ब्याससहितको सुविधा सम्पन्न बचत खाता भएको पनि बैंकले जनाएको छ । बैंकका करपोरेट कम्युनिकेशन युनिटका समन लामा थिङले विज्ञप्तीमार्फत विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्दै थुप्रै प्रविधिमैत्री सेवाहरु उपलब्ध गराइएको जानकारी दिएका छन् । ‘यसमा थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोवाईल बैंकिंग, भाईबर बैंकिंग, अनलाइन ट्रान्जेक्सन र डेबिट कार्ड, क्रेडिट कार्ड, एनटिसि÷एनसेल २ जिबि डाटा प्याकेज निःशुल्क जारी गरिएको छ,’विज्ञप्तीमा भनिएको छ ।
बैंकले ग्राहकको लागि स्वास्थ्य बिमा पनि निःशुल्क गरेको छ । बैंकले १३ प्राणघातक रोगहरु तथा दुर्घटना बिमा सुविधा समेत प्रदान गर्ने जनाएको छ । ‘यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केहि आर्थिक सहयोग समयमै पु¥याउने उदेश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षण सहित नबिल बैंकले १३ प्राणघातक रोगहरु तथा दुर्घटना बिमा सुविधा समेत प्रदान गर्ने सहर्ष जानकारी गराइन्छ’विज्ञप्तीमा उल्लेख छ ।
यो योजना नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको बैंकको भनाई छ । बैंकले १८ बर्ष माथिका नेपाली नागरिकले खोल्न सक्ने यो खाताबाट बैंकिङ्गमा नयाँ युगको सुरुवात गर्ने विश्वास लिएको जनाएको छ । ‘यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गर्नेमा नबिल बैंक बिश्वस्त छ,’विज्ञप्तीमा भनिएको छ । नविल बैंकले सन् १९८४ देखि सेवा प्रदान गर्दै आएको छ । हालसम्म बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको छ ।