धरान: सरकारले आजदेखि लकडाउनको ढाँचा परिवर्तन गर्दै व्यापार, व्यवसाय र आवागमन खुकुलो बनाउने निर्णय गरेको छ ।

हिजो बुधबार राती सम्पन्न मन्त्रीपरिषद बैठकले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो । साथै, काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिने पनि सरकारको निर्णय छ । कुन व्यवसाय कसरी खोल्ने, चलाउने र त्यसको मापदण्ड के हुने भन्ने जानकारी सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि एवं अर्थमन्त्री युवराज खतिवडाले आज आधिकारिक रूपमा सार्वजनिक गर्नेछन् ।

व्यवसाय सञ्चालन गर्दा गृह मन्त्रालयले तयार गरेको सुरक्षा र स्वास्थ्य मन्त्रालयले तयार गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । ट्याक्सी, लामो रुटका गाडी, हवाईजहाजको सम्बन्धमा भने निर्णय नभएको बताइएको छ । कम जोखिम र संक्रमितको संख्या थोरै भएका ठाउँमा भने अब आन्तरिक गतिविधि थप खुकुलो हुनेछ ।

यी खुल्नेछन्

१। स्वास्थ्य सेवा सबै

२। औषधी, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा माछा, मासु, खानेपानीको उत्पादन, बिक्रीवितरण तथा ढुवानी

३। पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण

४। फोहोर मैला व्यवस्थापन

५। विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक सम्बन्धी सेवा

६। बैक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा

७। सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

८। कृषि बिउबिजन, रासायनिक मल, कषि औजार र शीतभण्डार सम्बन्धी सेवा तथा कार्य

९। उत्पादनशील उद्योग

१०। निर्माण सामग्रीसमबन्धी उद्योग व्यवसाय

११। विकास आयोजना

१२। नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्रिवितरण

१३। निर्माण कार्य

१४। रेष्टुरेन्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा

१५। क्वारेन्टिनका लागि तोकिएका होटल

१६। विजुली सामान विक्री र मर्मत

१७। विद्युतय उपकरण, मेशीन र सवारी साधानको मर्मत गर्ने वर्कसप

१८। पुस्तक पसल तथा स्टेशनरी

१९। सबैप्रकारका ढुवानी सेवा

२०। अत्यावश्यक सेवाका सबै कार्यालय

२१।अन्य सरकारी कार्यालय गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैठक तथा वित्तीय संस्थानहरु (सामान्यतया ५० प्रतिशत कर्मचारी रहनेगरी )

lock