धरान: सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न नदिने भएको छ ।
हिजो भएको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं मन्त्री डा.युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय भएको जानकारी दिए । उनले यात्रुबाहक सार्वजनिक सवारीसाधन(पर्यटकसमेत) चल्न नदिने निर्णय भएको जानकारी दिए । मोटरसाइकल र साइकल चल्न पाउनेछन् । मोटरसाइकलमा एक जना मात्र व्यक्ति चढ्न पाउनेछन् ।
‘काठमाण्डौं उपत्यकाको हकमा उपत्यका भित्र र अन्य जिल्लाको हकमा सोही जिल्लाभित्र मात्र जोरबिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारीसाधनबाहेकका अन्य सवारीसाधनहरु सञ्चालन नगर्ने निर्णय भएको छ,’उनले भने । काठमाण्डौंभित्र र अन्य जिल्लाभित्र जोर विजोर प्रणालीमा निजी सवारी चल्न पाउनेछ । त्यसरी चल्दा चालक बाहेक थप २ जना मात्र चढ्न पाउनेछन् ।