धरान: धरान ८ भोटेपुलस्थित होटल गजुर प्यालेसले विवाहको संयोजन (वेडिङ प्लान) कार्य सुरु गर्ने भएको छ ।
गजुर वेडिङ प्लानर्स एण्ड इभेन्ट म्यानेजमेन्टको नामबाट तालिम प्राप्त कर्मचारीहरुबाट प्लानको काम हुनेछ । करीब एक साता अघि यस विषयमा तालिम लिएर प्लानिङ समुह तयार गरीएको होटल गजुरकी सिओओ रञ्जना झाले बताइन् । गजुर वेडिङ प्लानर्सले देशभर सेवा दिनेछ ।
एउटा विवाहका लागी आवश्यक पर्ने संगीत, हल्दी कार्यक्रम, मेहेन्दी कार्यक्रम, स्थान, फोटोग्राफी, भिडियोग्राफी, क्याटरीङ, डेकोरेसनलगायत सबै सेवा उपलब्ध हुनेछ । उनले भनिन,’हामी १० जनाको टिमले हरेक व्यक्तिको महत्वपूर्ण अवसर विवाहलाई अविस्मरणिय बनाउनका लागी पूर्ण रूपले लागी पर्नेछौ ।’ विवाहको लागी अहिले चारवटा क्याटोगरी रहेको झाले बताइन ।
उनका अनुसार हाल रोयल, क्लासिक रोयल, प्राइम र प्राइम प्लस गरी चार क्याटोगरीको विवाहको प्लान रहेको छ । क्लासिक रोयलमा आवश्यकता अनुसार घोडा समेतको सुविधा दिइनेछ । यस्तै, प्राइम प्लसमा हरेक समुदायको संस्कृति अनुसारको विधीहरू गरिनेछ । रोयलमा राजकिय तरिकाको र प्राइममा विवाहका लागी चाहिने आधारभुत सेवा प्रदान हुनेछ । विवाह घरमा वा बाहिर देशभर जहाँ गरेपनि सेवा उपलब्ध हुने उनले बताइन ।
गजुर वेडिङ प्लानर्स एण्ड इभेन्ट म्यानेजमेन्टले वेडिङ प्लान संगै डेस्टिनेसन वेडिङ, इन्जेगमेन्ट, एनिभर्सरी, कर्पोरेट इभेन्ट, बेबी सावर, ब्रतबन्ध, गुन्युचोली, पास्नी, जन्मदिनको कार्यक्रम लगायतको सेवा समेत दिइने होटल गजुर प्यालेसका संचालक गोपाल आर्चायले बताए । सेवाको लागी होटल गजुर प्यालेसको वेभसाइट वाट पनि जानकारी र वुकिङ्ग गर्र्न सकिने आचार्यले बताए ।