धरान: सरकारले कोरोना महामारी नियन्त्रणमा गरेको खर्च पारदर्शी गर्नुपर्नेलगायत मागहरु राखेर आज पनि धरानमा युवाहरुले प्रर्दशन गरेका छन् ।

छाता चोक हुदै निस्किएको युवाहरुको शान्तिपुर्ण र्याली भानुचोकमा पुगेको थियो । भानुचोकस्थित बस पार्कमा युवाहरुले विभिन्न नाराहरु लेखिएको प्ले कार्डसहित प्रर्दशन गरेका थिए । प्रर्दशनको क्रममा युवाहरुले कोरोना महामारीको बेला खटिएका स्वास्थ्यकर्मीहरुको लागि ताली बजाएका थिए भने सुरक्षाकर्मीहरुलाई सल्युट गरेका थिए । युवाहरुले विभिन्न खालका नाराहरुसहित प्रर्दशन गरेका छन् ।

dharan-youth1

सरकार विरोधी भनिएको प्रर्दशन काठमाण्डौंबाट देशभर फैलिएको छ । धरानमा पनि हिजो शुक्रबारदेखि युवाहरुले प्रर्दशन गर्न थालेका हुन् । प्रर्दशनमा विपक्षी दलका युवाहरुको पनि सहभागिता देखिन्छ । प्रर्दशन कसको नेतृत्वमा हो भन्ने प्रष्ट छैन । सामाजिक सञ्जालबाट आह्वान भएर शुरु भएको एक युवाले बताए । तर, उनी परिचय दिन र मिडियासँग बोल्न चाहदैनन् । उनका अनुसार प्रदर्शनमा धरान बाहिरबाट पनि युवाहरु आएका छन् । dharan-youth2 dharane-youth6 dharan-youth5 dharan-youth3 dharan-youth

dharane-youth7