धरान: सुजुकी ब्राण्डको मोटरसाइकल वा स्कुटर खरीद गर्दा ग्राहकहरुले नगद छुटको अफर पाउने भएका छन् ।

सुजुकीको नेपालको आधिकारिक बिक्रेता भिजी अटोमोवाइल्सले एउटा मोटरसाइकल वा स्कुटर खरीदमा १५ हजार रुपैयाँ छुटको अफर ल्याएको हो । यो अफर असार १ गतेदेखि लागु भएर असार ३१ गतेसम्म रहने पनि कम्पनीले जनाएको छ । सरकारले लकडाउनको स्वरुपममा हेरफेर गर्दै उद्योग, व्यापार, व्यवसाय गर्न पाउने निर्णय गरेसँगै सुजुकीले यो अफर ल्याएको हो ।

suzuki1

धरानको लागि सुजुकीको आधिकारिक बिक्रेता नवदुर्गा अटो प्यालेसका प्रोपाइटर दुर्गा भुजेलका अनुसार ग्राहकहरुले नगदमा खरीद गर्दा मात्र होइन, एक्सचेन्ज र फाइनान्समार्फत खरीद गर्दा पनि यो अफरबाट छुट पाउनेछन् । ‘नगदै खरीद गर्दा वा एक्सचेन्ज र फाइनान्समार्फत किन्दा पनि १५ हजार छुट ग्राहक महानुभावहरुले पाउनुहुनेछ,’प्रोपाइटर भुजेलले भने,‘यो अफर असार ३१ गतेसम्म लागु रहन्छ ।’

सुजुकी जापानीज मोटरसाइकल निर्माता कम्पनी हो । नेपालमा सुजुकी जिक्सर १५०,२५०, इन्ट्रुडर, हायाते, बर्गम्यान, एसेस, लेट्स लगायत मोटरसाइकल तथा स्कुटर बिक्री हुदै आएको छ । सुजुकी जिक्सर १५० र २५० नेपाली युवाहरुमाफ लोकप्रिय छ ।

suzuki 1

suzuki