धरान: प्रदेश सरकारले धरानदेखि धनकुटाको मुलघाटसम्म सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

यसको लागि आगामी आर्थिक बर्ष ०७७/०७८ मा प्रदेश सरकारले विस्तृत सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । आज प्रदेश सभामा आगामी आर्थिक बर्षको बजेट प्रस्ततु गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले धरान मुलघाट सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाउने बताए । उनले यो सुरुङ मार्गसँगै केचना सगरमाथा द्रुत मार्गको पनि सम्भाव्यता अध्ययन गर्ने जानकारी दिए ।