विराटनगरः लकडाउनले कपाल काट्ने सलुन व्यवसाय संटकमा रहेको भन्दै व्यवसायीहरुले काम गर्ने वातावरण बनाइ दिन विभिन्न तहका सरकारसँग माग गरेका छन् ।

पालिका तहका सरकारसँग आग्रह गरिसकेका व्यवसायीले प्रदेश सरकारसँग समेत सहजिकरण गरिदिन माग गरेका हुन् । नेपाल नाई संघ प्रदेश एकका अध्यक्ष राजेन्द्र प्रसाद ठाकुरले धरान, इटहरी उपमहानगरपालिकाका मेयरलाई भेटेपछि विराटनगर मुुख्यमन्त्रीलाई भेट्न आएको जानकारी दिए । उनका अनुसार मुुख्यमन्त्री कार्यालयमा प्रदेश एकका करिव १५ हजार कपाल काट्ने पेशामा आबद्ध रहेका मजदुरको दैनिकी सहज बनाउन भुमिका खेलिदन माग गरेका छन् ।

उनीहरुले सरकारलाई आफुुले उचित स्वास्थ्य सामाग्रीको उपलब्ध गराएर सलुन चलाउन पाउन माग राखेका छन् भने अनिवार्य पिपिई लगाएर मात्र कपाल काट्ने व्यवस्था गर्न माग गरे । सुनसरी नई संघ अध्यक्ष उमेश प्रसाद ठाकुरले सरकारले तोकेको सबै मापदण्ड तय गरेर आफ्नो व्यवसाय खोल्न पाउनुपर्ने भन्दै मागेर खाने वातावरण नहोस् भन्नका लागि सरकारसँग गुहार मागिएको बताए । उनले सलुनमा भिडभाड नगर्ने र एकै पटक धेरै व्यक्तिको कपाल नकाटिने बरु प्रशासनले नियमित अनुगमन गरिदिन माग गरे ।

इटहरी नइ संघका अध्यक्ष शिवनारायण ठाकुरले बैँक र घरधनीले करकर गरिरहेको भन्दै अब बाँच्नै मुस्किल परिरहेको बेला कसरी पैसा तिर्ने समस्या परेको गुनासो गरे । ‘ हामीलाई घरभाडा मागिगरहेको छ । अरुको पसल खुकुरो पारिदियो,’उनले भने, ‘पिपिइ मास्क र सेनिटाइजर लगाइ सुरक्षित भएर काम गर्नका लागि सरकारसँग अनुरोध छ ।’

उनीहरुले बैंकको ब्याज र घरभाडाले च्यापेको पनि बताए । प्रदेश एकको विराटनग, धरान र इटहरीमा बढि सलुन रहेका छन् भने तराईका भित्रि शहरमा समेत व्यवसायीक रुपमा सलुन खुलिसकेका छन् । शहर केन्द्रित सलुन बढि लगानीमा अत्याधुनिक स्वरुपमा संचालित रहेको व्यवसायको भनाई छ । प्रदेश एकमा मात्र ४ हजार सलुन रहेका छन् ।