इटहरीः इटहरी उद्योग वाणिज्य संघका सम्पुुर्ण पदाधिकारी र सदस्यहरुले कम्तिमा एक महिनाको घरभाडा छुुट गर्ने भएका छन् ।

संघको पदाधिकारीको बैठकले कोभिड १९ को मारमा परेका व्यवसायीलाई सहुलियत दिन र अन्य घरधनीलाई समेत नैतिक दात्यिव बढाउन भाडा छुट गरिएको संघका महासचिव पिताम्बर पोख्रेलले जानकारी दिए ।  उनका अनुसार उद्योग वाणिज्य सँघ व्यवसायी सुरक्षाका लागि कोभिड बीमा समेत गर्ने निर्णय गरेको छ । कोहि व्यवसायीलाई कोभिड लागेमा तत्काल ५० हजार पाउने गरि इटहरी क्षेत्रमा रहेका र संघमा आधिकारिक दर्ता भइ नवीकरिणमा रहेका व्यवसायीलाई संघले बीमा गरिदिएको हो ।

यस अघि फर्म दर्ता गर्दा ५ लाखको व्यवसायीक सुरक्षा बीमा समेत गरिएको पोख्रेलले जानकारी दिए । व्यवसायिक सुरक्षा र प्रबर्दनमा खर्च हुने पालिका तहको व्यवसायीक करको अंश उद्योग वाणिज्य सँघले पाउने परम्परा भए पनि इटहरी सरकारबाट सो रकम प्राप्त नभइरहेको अवस्थामा संघले सो रकमको माग समेत गरेको छ ।

इटहरी क्षेत्र भित्रका व्यवसायीबाट लिने गरेको व्यवसायिक करको केहि प्रतिशत उद्योग वाणिज्य सँघलाई दिने परम्परा रहेको छ । तर, पहिले लिने गरेपनि अहिले इटहरी उपमहानगरबाट सो करबापतको अंश प्राप्त नभएको हुँदा माग गर्ने निर्णय भएको महासचिव पोख्रेलले जानकारी दिए ।