विराटनगरः प्रदेश सांसदले कर्मचारीको मनोमानीले योजनाको काम ढिलो भएको गुनासो गरेका छन् ।

प्रदेश सांसदमार्फत निर्वाचन क्षेत्रमा खर्च हुने योजनाको बजेटल समयमा नसकिने देखिएको हुँदा सरकारले यसतर्फ ध्यान दिनुुपर्ने सांसद काजिमान कागतेले गुनासो गरे । शुक्रवारको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै कागतले कर्मचारी माननीय बन्ने गरेको भन्दै योजनाको काम कहाँ के भइरहेको छ भन्ने बारे अन्यौल भएको बताए । 'यहाँ त माननीय कर्मचारी जस्तो कहाँ के छ भन्दै खोज्दै जानुुपर्ने भयो, कर्मचारी चाहि माननीय बने,' उनले भने ।

ठेकेदारको लापवार्हिले गर्दा योजनाको काम समयमा सम्पन्न नहुने भन्दै त्यसको दोष अन्त्यमा सरकारलाई नै आउने हुँदा बेलैमा योजनाको काम सम्पन्न गर्न सरकारले निगरानी बढाउन र आग्रह गरे । 'ठेकेदारले लेनदेन गर्ने चलन छ । यसमा चलन हटाउनुपर्यो,'उनले भने,'नत्र परानै संरचना हुन्छ । खर्च नगर्ने सरकार भनेर सधनमा दोहारी चल्छ ।'

उनले स्वास्थ्य क्षेत्रको उपचारको मुल्यमा एकरुपता ल्याउन समेत माग गरे । अस्पतालमा खुुट्या फ्याक्चर भएको, क्यान्सरको उपचार गरेको, पथरीको अप्रेसन गरेको लगाएतका विभिन्न उपचारको लागि के कति मुल्य लाग्छ स्पष्ट नभएको उनको भनाई छ । 'विरामीलाई सामान्य उपचारमा समेत एक लाख घटि बील उठ्दैन,'कागतेले भने,'सामान्य नागरिकले घरवारी बेच्नुपर्ने अवथा रहेको छ । सरकारले ध्यान देओस् ।'