धरान: धरान ८ तीनकुनेस्थित पाँचकन्या सव डिभिजन वन कार्यालयले आफ्नो नर्सरीबाट विभिन्न जातका १ लाख रुखका विरुवाहरु वितरण गर्ने तयारी गरेको छ ।

वन कार्यालयले ती विरुवाहरु निःशुल्क वितरण गर्ने जनाएको छ । असार १२ गते देखि निःशुल्क विरुवा वितरण शुरु गरिने विष्णुपादुका सव डिभिजन वन कार्यालयका प्रमुख ईश्वरी वास्तोलाले जानकारी दिए । कार्यालयका अनुसार मलिशियन सखुवा, गोलमोहर, तेजपात, सिसौ, टिक, टाकी, खयर, इपिल, जामुन, अवला र सजिवन लगायतका विरुवाहरु रोप्न चाहानेहरुलाई निःशुल्क वितरण गरिनेछ ।

वृक्षारोपण गर्न चाहाने जग्गा धनीहरुलाई ५० वटासम्म विरुवा निवेदन लिई निःशुल्क उपलब्ध गराइने बास्तोलाले बताए । उनका अनुसार २५० वटासम्म विरुवा जग्गा धनिपूर्जा र नागरिकताको फोटोकपीसहित निवेदन दिएमा उपलब्ध गराइनेछ । त्यस भन्दा बढी विरुवा चाहदा सम्बन्धित वडाको सिफारिस चाहिने उनले बताए ।

ban

विरुवा लगेर रोपेर मात्र नहुने र हुकाउनु पनि पर्ने वन कार्यालयको सर्त छ । विरुवा वितरण पनि अनुगमन गर्ने कार्यालयको भनाई छ । धरान क्षेत्रभित्र विगत ४ वर्ष देखि धरानबाट विरुवा उत्पादन गरेर वितरण गरिदै आएको छ । जग्गा हुनेहरुले राम्रो गरी विरुवा हुर्काउन सकेमा राम्रो आम्दानी गर्ने सक्ने र धरानको हरियाली पनि प्रर्वधन हुने धरान उपमहानगरपालिकाका तथ्यांक अधिकृत ध्रुव अधिकारीले बताए ।