धरान: धरान बजारदेखि करिव ८ किमि टाढा पर्छ, बाघखोप । धरान उपमहानगरपालिकाको पर्यटन विकास समितिले प्रथामिकतामा राखेका मध्ये एक हो धरानको २० नं वडास्थित वाघ खोप होम स्टे ।

पर्यटन समितिले यस क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना वनाएर अघि वढिरहेको छ । समुन्द्री सतहदेखि करिव एक हजार २ सय मिटर उचाइमा छ बाघ खोप । यहाँबाट धरानको रमणीय दृष्य अवलोकन गर्न सकिन्छ । स्थानीय पदम तामाङले मात्र अहिले होम स्टे सञ्चालन गरेका छन् । यहाँ धरान आसपास क्षेत्रका मानिसहरु होमस्टेका लागि आउने गरेका छन् । यहाँ आउनेहरुले स्थानीय अर्गानिक फुडहरुको स्वाद लिन सक्छन् ।

20200623_161942.psd

कुहिरोले ढाकी रहने चिसो मौसम वाघखोपको बिशेषता हो । यहाँदेखि करिव ५ सय मिटर उकालो चढेपछि किरातकालीन सुलिकोटको छ । दक्षिण तर्फ करिव २ किलोमिटर तल वावु डाडा (चिन्डो डाडा)अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहदेखि करिव १ हजार ४ सय मिटर उचाइमा रहेको सुलिकोट पुग्न भने अहिले बर्षाको समय भने जुकाले गर्दा जान नसकिने स्थानीय बताउँछन् । सुलिकोटमा किरातकालीन राज्यको बेला अपराध गरेकाहरुलाई ल्याएर सजाय दिने चलन रहेको किवदन्ती छ । पर्यटन समितिको लगानीमा माने भन्ज्याङ्गदेखि सुलिकोटसम्म करिव १ सय ६० फिटको सिढी निर्माण भइरहेको छ ।

20200623_140653.psd

अहिले धरान उपमहानगरपालिका भित्र वाघखोप संगै कोकाह होमस्टे धरान २०, माछामारा होमस्टे धरान २०, चिन्डो डाडा होमस्टे धरान २० र देविथान होमस्टे धरान ४ सञ्चालनमा रहेको पर्यटन समिति सहसंयोजक किशोर थुलुङ्ग वताउँछन । समितिले उपमहानगरभित्रका नौ वटा क्षैत्रलाई होमस्टेका लागि प्राथामिकतामा राखेको थियो ।

20200623_142518.psd 20200623_140508.psd 20200623_142002.psd 20200623_124829.psd 20200623_125558.psd 20200623_130153.psd 20200623_133539.psd 20200623_133802.psd 20200623_135527.psd