मोरङ: मोरङको बिराटनगर महानगरपालिका १५ रानीबाट २ लाख भारनीय रुपैयाँसहित एक महिला पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहिवार अपरान्ह पौने ५ बजे बिराटनगर १७ की २५ बर्षीया कोरेसा खातुनलाई भारतीय नोटसहित पक्राउ गरेको हो । उनको साथबाट ५०० दरको भारतीय नोट ४०० थान गरी कुल २ लाख रुपैयाँ वरामद भएको मोरङ प्रहरीले जनाएको छ । भारतीय रुपैयाँ सहित पक्राउ परेकी खातुनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।